नेपाली कांग्रेसका सहमहामन्त्री डा. प्रकाशशरण महतले सरकारले संवैधानिक निकायलाई छायाका रूपमा प्रयोग गर्न लागेको आरोप लगाएका छन् ।
धरान उपमहानगरपालिकाले बुधबार धरानमा आयोजना गरेको कार्यक्रममा सहमहामन्त्री महतले सरकार जनता प्रति असन्तुष्ट भए पनि त्यसलाई बाहिर ल्याउन जनता डराइरहेको टिप्पणी गरे ।
उनले जनतालाई नडराइकन आफ्ना असन्तुष्टि बाहिर ल्याउन पनि आग्रह गरे । केपी ओली नेतृत्वको सरकार बितेका दुई वर्षमा कुरा गर्न सफल र काम गर्न असफल भएको महतले टिप्पणी गरे ।
उनले पार्टीमा व्यक्तिलाई केन्द्रमा राखेर राजनीति गर्ने परिपाटी अन्त्य भए आगामी निर्वाचनमा कांग्रेसलाई बहुमत ल्याउन कुनै समस्या नहुने दाबीसमेत गरे ।
प्रतिक्रिया