काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओली ओलीले आफू मिर्गौला प्रत्यारोपणको तयारीमा रहेको बताएका छन् ।
स्वास्थ्यका कारण काम गर्न सक्दैन भने पनि आफू अहिले दिनमा १८ घन्टा खटिरहेको बताएका हुन् ।
सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को बाग्मती प्रदेशस्तरीय प्रशिक्षणलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भने, ‘म मिर्गौला प्रत्यारोपण गर्दैछु । ५ दिन अस्पताल बस्छु, छैटौं दिन यहाँ आउँछु, त्यसपछि काम गर्छु ।’
प्रतिक्रिया