काठमाडौं – पत्रकार ऋषि धमला प्रश्न गर्ने शैली र हाउभाउले नेपाली सञ्चार क्षेत्रमा चिनिएको नाम हो। हाक्काहाक्की प्रश्न गर्ने र कार्यक्रमलाई कसरी हुन्छ रोचक बनाउनेमा उनको ध्यान हुन्छ।
रिपोटर्स क्लब नेपालका सभापति, प्राइम टिभीका अध्यक्ष, नेपाली रेडियो नेटवर्कका अध्यक्ष र रिपोटर्स नेपाल डटकमका सञ्चालक तथा प्रधानसम्पादकका रुपमा क्रियाशील धमला ‘धमलाको हमला’ र ‘जनता जान्न चाहन्छन्’ नामक टक शो बाट नेपाली दर्शक स्रोतामाझ प्रस्तुत भइरहेका छन्।
घरबाट ५ सय रुपैयाँ बोकेर काठमाडौं छिरेका धमलासँग कसरी यति धेरै सम्पति भन्ने कुराको जिज्ञासा हुनु स्वाभाविक नै हो। थुप्रै सञ्चारगृहको मालिकका रुपमा रहेका धमला सम्पत्ति मेहनतले नै कमाएको दावी गर्छन्।
कति छ ऋषि धमलाको सम्पत्ति ?
तीन दशक बढीको पत्रकारिता अनुभव संगालिसकेका धमला अझै पनि क्रियाशील रिपोर्टर हुन्। धादिङ्ग जिल्लामा जन्मेका ऋषि सानैबाट चलाख थिए।
जे कुरा पनि जोसका साथ गरि हाल्ने धमलाले आफ्नो माध्यमिक पढाइ उनको गृह जिल्लामा नै सकेका थिए। गाउँको पढाइ सकेपछि काठमाण्डौ छिरेका उनले काम गर्दै अध्ययन गरे। पछि उनले आफ्नाे पढाइ बिचमा छोड्नु परेको थियो। विहान पाँच बजेदेखि राति १२ बजेसम्म काम गर्ने धमलासँग अहिले भने एउटा किआ सेल्टोस कार रहेको छ।
जसको मूल्य ५२ लाख रहेको छ। उनले तलब भने महिनाको ८० देखि १ लाखसम्म रहेको बताइएको छ। त्यस्तै उनको जम्मा सम्पत्ति भने १५ करोड जति रहेको बताइएको छ।
यो कुरा नोभेम्बर ७, २०२० को ग्ल्यामरगफको एपिसोडमा प्रकाश सुवेदीले ऋषि धमलासँग कुरा गर्दै घरबाट बुवाको ५०० लिएर काठमाडौं छिरेका धमलासँग कसरी यत्रो सम्पति र पहुँचबारे प्रश्न उठाएका थिए। तर ऋषि धमलाले त्यसको उत्तर मेहनत गर्ने जो कोहीले पनि सम्पत्ति कमाउन सक्छ भन्दै जवाफ दिएका थिए।
प्रतिक्रिया