Logo

विश्व

युएईस्थित नेपाली दूताबासमा सेवाग्राहीका सूचना र गुनासो, के गर्दैछन् दूताबासका कर्मचारी?



रुपेश अधिकारी, युएई, १ वैशाख – तीन वर्षअघिसम्म अबुधाबीस्थित नेपाली दूताबासमा मेसिन रिडेबल पासपोर्टका लागि आवेदन दिनेहरुको भीड हुने गर्थ्यो।

अहिले दूताबासमा सेवाग्राहीको भीड केही कम भएको छ। तर, कर्मचारीलाई कामको चाप उतिकै छ। आजभोलि दूताबासमा विभिन्न विषयका सूचना लिनेहरुको संख्या बढ्दो छ।

सामान्य विषयको सूचना लिन दूताबास पुग्ने सेवाग्राहीलाई प्रविधिले सहज बनाएको छ। दूताबासले यहाँ कार्यरत नेपाली कामदारलाई लक्षित गरी वेभसाइड तथा सामाजिक सञ्जालमा विभिन्न गतिविधि र सूचना राख्ने गरेको छ।

त्यहाँ उनीहरुले विभिन्न विषयका सूचना माग्ने र प्रतिक्रिया जनाउने गर्छन्। दूताबासका द्वितीय सचिव कृष्ण अर्याललाई सेवाग्राहीलाई सूचना दिन र गुनासा सुन्न भ्याँइनभ्याँइ हुन्छ।

 युएर्इस्थित नेपाली राजदूताबास।

सामाजिक सञ्जालमा सोधिएका कतिपय विषयलाई महत्वका आधारमा दूताबासले तत्काल सुनुवाई गर्ने गरेको छ। कार्यालय समयभन्दा बाहिरको समयमा पनि सेवाग्राहीका जिज्ञाशालाई सम्बोधन गर्ने गरिएको अर्यालले बताएका छन्।

खासगरी दूताबासमा घरेलु महिला कामदारमाथि लगाइएको श्रम स्वीकृति फुकुवाका लागि धेरै जिज्ञाशा हुने गर्दछ।

त्यस्तै भीषा नवीकरण, नयाँ भिषा प्रक्रिया, श्रमको प्रक्रिया,परिवारका सदस्य भिजिटमा ल्याउँदा चाहिने कागजात लगायतका विषयमा सूचना र सेवा लिने गर्दछन्। अन्य मुलुकका नागरिकले पनि भीषा पक्रिया लगायतका अन्य विषयमा सूचना लिने गरेका छन्।

दूताबासको फोन नउठ्ने सेवाग्राहीको गुनासो छ। तर, यस विषयमा दूताबासका द्वितीय सचिव अर्याल भन्छन्, ‘धेरै सेवाग्राहीको यो गुनासो आएपछि हामीले सबै कर्मचारीका मोबाइल नम्बर समेत वेभसाइडमा राखेका छौं।’

काम विशेषअनुसार त्यहाँ रहेको नम्बरमा सम्पर्क गरेर आवश्यक सुचना लिन सक्ने उनले जनाएका छन्। दूताबासमै पुगेर सेवा तथा सुचना लिनेको संख्या दैनिक सयको हाराहारीमा छ। यस्तै टोलिफोन र सामाजिक सञ्जालबाट सूचना लिनेहरुको संख्या ठ्याक्कै आँकलन गर्न नसकिए पनि उच्च छ।

प्रकाशित : १ बैशाख २०७५, शनिबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
info@asiasanchar.com asiasanchar@gmail.com

हाम्रो समूह

  • सम्पादक
    दुर्गादेवी अधिकारी ९८१५९२९१२४
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल