काठमाडौं । नेकपा एमाले संसदीय दलकी सचेतक सुनिता बरालले प्रभावकारी आर्थिक कूटनीति प्रवर्द्धन गर्नका लागि पर्याप्त बजेट विनियोजन हुनुपर्ने बताएकी छन् । प्रतिनिधि सभामा परराष्ट्र र गृह मन्त्रालयको आर्थिक वर्ष २०८१/८२ को विनियोजित बजेटको छलफलमा सचेतक बरालले नेपालमा सरोकारवाला निकायबीच हदैसम्मको समन्वयमार्फत मुलुकको सामर्थ्य र लक्ष्यअनुरुपका आर्थिक कूटनीति लक्षित कार्यक्रम सञ्चालन गर्नुपर्नेमा जोड दिएकी हुन्…