काठमाडौं, साउन १९ गते । २०६७ र २०६८ सालको भक्ति संगीत प्रतियोगितामा प्रथम भएका संगीतकार योगेन्द्र उपाध्यायका गतिशील पाइलाहरू सांगीतिक क्षीतिजमा अघि बढिरहेका छन् । त्यसो त २०७१ सालको राष्ट्रव्यापी खुल्ला आधुनिक गीत प्रतियोगीतामा संगीततर्फ प्रथम भएपछि उनी निरन्तर साधनामा तल्लिन भए । त्यसैको प्रतिफल संगीतकार उपाध्यायले आफ्ना दर्शकश्रोताका लागि एकैसाथ तीन वटा कोशेली प्रस्तुत…