काठमाडौं, ५ जेठ – प्रधानमन्त्री केपी शर्मा ओली नेपाल कम्युनिष्ट पार्टीको संसदीय दलको नेता चयन भएका छन्।
आज नेकपा संसदीय दलको बैठकले प्रधानमन्त्री ओलीलाई दलको नेतामा सर्वसम्मत रुपमा चयन गरेको हो।
नेकपाका नेता देवप्रसाद गुरुङले प्रधानमन्त्री ओलीलाई दलको नेतामा चयन गर्न गरेको प्रस्तावमा सबै सांसदहरुले समर्थन जनाएको थिए।
नेकपा एमाले र नेकपा माओवादी केन्द्रको एकीकरण भएर नेकपाको स्थापना भएपछि संसदीय दलको नेता चुन्नपर्ने वैधानिक व्यवस्था अनुसार प्रधानमन्त्री ओली उक्त पदमा चुनिएका हुन्।
प्रतिक्रिया