Logo

राजनीति

नेपाली कांग्रेसको नजरमा सरकारका १ सय दिनः सामान्य गति, दर्जन विसंगति



​​​​​​​

काठमाडौं, ११ जेठ – नेपाली कांग्रेसले केपी ओली नेतृत्वको सरकारले दर्जनौं विसंगतिका बीच सामान्य गतिमा अघि बढिरहेको टिप्पणी गरेको छ।

नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले शुक्रबार भिडियो विज्ञप्ती सार्वनजिक गर्दै ओली नेतृत्वको सरकारले १ सयदिन गरेका कामसँगै विसंगतिका पनि चिरफार गरेका हुन्।

प्रवक्ता शर्माले १२ वटा बुँदामा जारी भिडियो सन्देशका निष्कर्ष यस प्रकार रहेका छन्।

१, प्रमको सपथ भगवान, देश र जनता जनता कसैको नाममा भएन, प्रथम दिन, प्रथम कर्म, प्रथम विसंगति!

२. तत्कालिन सरकारले राष्ट्रिय सभामा गरेको मनोनयन सिफारिस अस्विकारोक्तिमा राजनीतिक दवावको विसंगति!

३. प्रम कार्यालय अन्तर्गत राजश्व अनुसन्धान, सम्पत्ति शुद्धीकरण लगायत। अतिशक्ति अभ्यासको विसंगति!

४. हिजो राष्ट्रघातको संज्ञा, आज संविधान संशोधन स्वीकार। तर, अलमलको व्यवहार!

५. श्वेत पत्रमा विसंगति–अर्थतन्त्र धरासायी। तर, दोहोरो अंकको बृद्धिदर कुन जगमा?

६. न्यायालयमाथि अन्याय प्रधानन्यायाधीश विहीन न्यायालय।

७. प्रदेश सरकारलाई अधिकार र बजेटले सशक्तिकरण गर्नुपर्नेमा उदाशिन व्यवहार!

८. भारतीय प्रमको भ्रमण समयमा उग्रराष्ट्रवादी चरित्रत्को कारुणिक विसर्जन!

९. कर्मचारी प्रशासनको मनोबल गिराउने अभिव्यक्ति र व्यवहार!

१०. प्रतिपक्षबारे प्रमको अभिव्यक्ति, (सबै पञ्च नेपाली, सबै नेपाली पञ्च) पञ्चको मनोवृत्ति!

११. मूल्यबृद्धि, सर्वहारा वर्गलाई निर्मम उपहार!

१२. नीति तथा कार्यक्रम, बाघ गर्जनको मुसा मार्ने यात्रा!

प्रकाशित : ११ जेष्ठ २०७५, शुक्रबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
info@asiasanchar.com asiasanchar@gmail.com

हाम्रो समूह

  • सम्पादक
    दुर्गादेवी अधिकारी ९८१५९२९१२४
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल