Logo

राजनीति

प्रधानमन्त्री ओली र विमस्टेकका महासचिवबीच भेट



काठमाडौं, १७ जेठ – प्रधानमन्त्री केपी शर्मा ओलीसँग बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीका देशको प्रयास (विमस्टेक)का महासचिव शहिदुल इस्लामले आज बालुवाटारमा शिष्टाचार भेटघाट गरेका छन्।

भेटमा प्रधानमन्त्री ओलीले क्षेत्रीयस्तरका संगठनहरुलाई विकास र समृद्धिको माध्यमको बनाउनु पर्ने बताएका छन्। ओलीले विमस्टेकका विगतका कामबाट पाठ सिकेर आगामी दिनमा यसलाई थप प्रभावकारी बनाउनु पर्ने बताए।

ओलीले विमस्टेक सञ्चालनका लागि अल्पकालीन, मध्यकालीन र दीर्घकालीन योजना बनाएर अघि बढ्नु उपयुक्त हुने बताएका छन्।

केही समयभित्रै नेपालमा विमस्टेकको सम्मेलन गर्ने प्रतिवद्धता व्यक्त गर्दै ओलीले सम्मेलनबाट यस क्षेत्रका जनताका लागि प्रभावकारी हुने किसिमका कार्यक्रम ल्याउनु पर्ने बताएका छन्।

प्रधानमन्त्री ओलीले विमस्टेक नतिजामुखी हुनुपर्नेमा जोड दिए। ‘हामी आर्थिक सामाजिक विकासमा द्रूतगतिमा दौडिनु पर्दछ। विमस्टेक यस प्रक्रियाप्रति प्रतिबद्ध छ,’ उनले भने।

ओलीले बंगालको खाडी वरीपरीका मुलुक भएकाले पानी जहाज सञ्चालन गर्नुपर्ने बताएका छन्। ‘जसको माध्यमबाट विमस्टेकका सदस्य राष्ट्रहरु एकआपसमा जोडिन थप सहज हुनेछ,’ उनले भने।

​​​​​​​

प्रकाशित : १७ जेष्ठ २०७५, बिहिबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
info@asiasanchar.com asiasanchar@gmail.com

हाम्रो समूह

  • सम्पादक
    दुर्गादेवी अधिकारी ९८१५९२९१२४
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल