Logo

चीन

चिनियाँ राष्ट्रपति र भारतीय प्रधानमन्त्रीबीच भेटको मिति तय



​​​​​​​

नयाँ दिल्ली – भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आगामी शनिबार चीन भ्रमणमा जाने भएका छन्।

केही हप्ता अगाडि चीनको भ्रमण गरेका मोदी छोटो समयमै फेरि चीनको भ्रमण गर्ने भएका हुन्। मोदीले राष्ट्रपति सी जिनपिङलाई भेट्दै छन्।

त्यतिबेला उनीहरुबीचमा भएको भेटवार्ताका क्रममा सीमा सम्बन्धी विवाद समाधानका विषयमा नयाँ तरिकाले अगाडि बढ्ने समझदारी भएको थियो।

विश्वमै चर्चित दुई देशका नेताहरुको भेटवार्ता चिनियाँ सहर चिङदाओमा हुन लागेको सांघार्इ कोअप्रेसन अर्गनाइजेसनको अवसरमा हुने भएको हो।

दुर्इ नेताले दुई पक्षीय हीत र आपसी सम्वन्धका बारेमा छलफल गर्नुहुने भारतीय विदेश मन्त्रालयले बिहीबार जनाएको छ।

व्यापार, सुरक्षा, चीनको ‘बेल्ट एण्ड रोड इन्फ्राइस्टकचर प्रोजेक्ट’ लगायतका विषय सो दुई दिने सम्मेलनका मुख्य एजेण्डा रहेका छन्।

प्रकाशित : २४ जेष्ठ २०७५, बिहिबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
info@asiasanchar.com asiasanchar@gmail.com

हाम्रो समूह

  • सम्पादक
    दुर्गादेवी अधिकारी ९८१५९२९१२४
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल