Logo

राजनीति

सिंगापुरमा कसरी हुँदैछ ट्रम्प र किमबीच शिखरवार्ता?



​​​​​​​

सिंगापुर – उत्तर कोरियाली नेता किम जोङ उन र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प बहुप्रतिक्षित शिखर वार्तामा सहभागिता जनाउन आइतबार सिङ्गापुर आइपुगेका छन्।

ट्रम्प र किमबीचको भेट उत्तर कोरियालाई आणविक हतियारबाट मुक्त गराउने विषय प्रमुख मुद्दा हुने छ। जसलाई राष्ट्रपति ट्रम्पले शान्ति स्थापनार्थ ‘एक पटकका लागि प्रयास’ भनेका छन्। कोरियाली प्रायद्वीपमा लामो समयदेखि घोषणा गरिएको युद्धविरामलाई शान्ति प्रक्रियामा परिणत गर्नु पनि सम्मेलनको उद्देश्य रहने छ।

सम्मेलनका लागि कोरियाली नेता किम एअर चाइना ७४७ को उडानमार्फत सिंगापुर उत्रिएका छन्। ‘यदि सम्मेलन सफल भएमा दुई नेतालाई भेट गराउने सिंगापुरको प्रयास ऐतिहासिक बन्ने छ,’ किमले विमानस्थलबाट उत्रिएपछि भने।

त्यसैगरी, अमेरिकी राष्ट्रपति पनि औद्योगिक राष्ट्रहरूको समूह जी–७ को क्यानडामा भएको सम्मेलनमा सहभागी भएर आइतबार नै सिंगापुर पुगेका हुन्। उनलाई स्वागत गर्न पुगेका सिंगापुरका अधिकारीसँगको कुराकानीमा ट्रम्पले सम्मेलनबारे धेरै राम्रो महशुस गरेको बताएका छन्।

दुई नेताको सुरक्षाका लागि सिंगापुरका अधिकारीले सम्मेलनस्थल र वरपरका क्षेत्रमा अत्यन्तै कडा सुरक्षाको प्रबन्ध गरेको बताएका छन्। शिखर सम्मेलन जुन १२ मा शुरू हुनेछ।

यसैबीच, सम्मेलनका लागि सिंगापुरमा हुने खर्च एक करोड ५० लाख अमेरिकी डलर हुने अनुमान गरिएको छ।

खर्चबारे बोल्दै सिङ्गापुरका प्रधानमन्त्री ली सिएन लुङले संयुक्त राज्य अमेरिकाका राष्ट्रपति तथा उत्तर कोरियाली नेताबीच हुने शिखरवार्ताका लागि एक करोड ५० लाख अमेरिकी डलर खर्च गर्ने बताएका छन्।

खर्चको आधा भाग दुई नेताको सुरक्षा प्रबन्धका लागि हुने बताइएको छ। उनले सिंगापुरले एउटा अन्तर्राष्ट्रिय शान्ति प्रयासका लागि उक्त खर्च व्येहोर्नु उचित हुने बताएका छन्।

प्रकाशित : २७ जेष्ठ २०७५, आइतबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
info@asiasanchar.com asiasanchar@gmail.com

हाम्रो समूह

  • सम्पादक
    दुर्गादेवी अधिकारी ९८१५९२९१२४
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल