Logo

राजनीति

इमानको धरातलमा टेकेर देश बनाउँछौंः रवीन्द्र मिश्र



​​​​​​​

कञ्चनपुर – विवेकशील साझा पार्टीका राष्ट्रिय संयोजक रवीन्द्र मिश्रले देशको अामूल परिवर्तनका लागि पत्रकारिता छाडेर राजनीतिमा लागेको उद्घोष गरेका छन्।

आइतबार शुक्लाफाँटा नगरपालिकाको झलारीमा संगठन विस्तार वर्ष २०७५ का अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै संयोजक मिश्रले इमानको धरातलमा टेकेर देश बनाउने प्रष्ट पारेका हुन्।

अाफू राजनीतिमा लाग्नुको कारण पनि यही नै रहेको संयोजक मिश्रको प्रष्टोक्ति थियो।

राजनीतिको माध्यमबाटै देशलाई रुपान्तरण गर्न सकिने उल्लेख गर्दै मिश्रले आफ्नो पार्टी व्यवहार, दर्शन र वादमा अरु राजीतिक दलभन्दा फरक रहेको धारणा व्यक्त गरेका छन्।

पार्टीका प्रदेश नं ७ का संयोजक गोपाल हमालले देशमा सही नियत भएको नेताको अभाव रहेको बताएका छन्।

प्रकाशित : २७ जेष्ठ २०७५, आइतबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
info@asiasanchar.com asiasanchar@gmail.com

हाम्रो समूह

  • सम्पादक
    दुर्गादेवी अधिकारी ९८१५९२९१२४
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल