काठमाडौं – सन् २०१४ को विश्वकप फुटबल प्रतियोगितामा विपक्षी खेलाडीको सीधा आक्रमणबाट नली खुट्टा नै भाँचिएपछि ब्राजिलका स्टार खेलाडी नेयमारले ३–४ महिना विश्राम नै गर्नुपर्यो।
त्यसपछि पनि धेरै खेलहरू नेयमारविरुद्ध लक्षित रहे। आफू राम्रो खेल्नुभन्दा नेयमारलार्इ चोट पुर्याउनमै धेरै विपक्षी खेलाडी उद्दत देखिन्छन्।
रूसमा जारी विश्वकप फुटबल प्रतियोगिताको पनि खेलमा ब्राजिलका स्टार स्ट्राइकर नेयमार पटक–पटक स्वीट्जरल्याण्डका खेलाडीको निशानामा परे।
ब्राजिल स्वीट्जरल्याण्डसँग १–१ गोलको बराबरी खेल्दै अंक बाँड्न बाध्य भए। कारण नेयमारमाथि लगातारको अाक्रमण थियो। उनी स्वीट्जरल्याण्डका खेलाडीको तारो बनिरहे।
९० मिनेटको खेल अवधिमा नेयमारमाथि १० पटक फउल भयो। जारी विश्वकपमा यति धेरै फउल भएको यो पहिलो रेकर्ड हो।
प्रतिक्रिया