काठमाडौं – विवेकशील साझा पार्टीका संयोजक रवीन्द्र मिश्रलाई पितृशोक परेको छ। साहित्यकार एवं वरिष्ठ चित्रकार मनुजबाबु मिश्रको ८३ वर्षको उमेरमा निधन भएको हो।
उच्च रक्तचापबाट पीडित रहेका मिश्रको हृदयाघातका कारण बुधबार बिहान २ बजे निधन पारिवारिक श्रोतले जनाएको हो।
दिवंगत मिश्रका श्रीमती, दुई छोरा र दुई छोरी रहेका छन्। कान्छा छोरा नेपाल बाहिर रहेकाले उनी आएपछि अन्त्येष्टि गरिने जनाइएको छ। मिश्रको आत्मकथा ‘हर्मिताजः अढाई दशक गुफामा’ प्रकाशित छ।
प्रतिक्रिया