काठमाडौं – गैरआवासीय नेपाली संघ एनआरएनएको नवौं विश्व सम्मेलन काठमाडौंमा सुरु भएको छ। राष्ट्रपति विद्यादेवी भण्डारीले विश्व सम्मेलनको उद्घाटन गरेकी हुन्।
८१ देशबाट आएका करिव १ हजार ६ सय गैरआवासीय नेपाली तथा सरकार, निजी क्षेत्र विकास साझेदार तथा सरोकारवालाहरुको सहभागिताका बीच सम्मेलन सुरु भएको हो।
गैरआवासीय नेपाली संघको नवौं विश्व सम्मेलनको उद्घाटन गर्दै भण्डारीले नेपाल आर्थिक समृद्धि र विकासको चरणमा प्रवेश गरिसकेका बताएकी हुन्।
उनले अब गैरआवासीय नेपालीहरु पनि नेपालको विकास र समृद्धिको साझेदार बन्नुपर्ने बताएकी छिन्।
‘आर्थिक सामाजिक विकासको युकान्तकारी चरणमा प्रवेश गरेको छ, देश विकासका लागि एआरएनएले योगदान दिनुपर्छ,’ भण्डारीले भनिन्।
कार्यक्रममा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले एनआरएनए समुदायको भावना अनुसार नागरिकतासम्बन्धी कानुन संशोधन गरिने तथा नेपालमा लगानीका लागि प्रोत्साहित गर्न सहुलियत प्रदान गरिने बताएका छन्।
गैरआवासीय नेपालीलाई सरकारले महत्वपूर्ण विकास साझेदारको रुपमा आत्मसात गरेको बताएका छन्। उनले गैरआवासीय नेपालीको ज्ञान, सीप र पूजीमार्फत् नेपाललाई समृद्ध मुलुक बनाउन सम्वाहक बन्न आग्रह गरेका छन्।
प्रतिक्रिया