काठमाडाैँ – राष्ट्रपति विद्यादेवी भण्डारीले शनिबार तिहारको अवसरमा शुभकामना दिएकी छिन्। स्वदेश र विदेशमा रहेका सम्पूर्ण नेपालीका नाममा राष्ट्रपति कार्यालयले उक्त शुभकामना सन्देश जारी गरेको हो।
सांस्कृतिक परम्पराले आपसी मेलमिलाप, भ्रातृत्व, सामाजिक सद्भाव र सहिष्णुता अझ सुदृढ बन्ने र समाजमा शान्ति एवं स्थायित्वका साथ मुलुकमा आर्थिक समृद्धि हासिल हुने कामना उक्त पत्रमा गरिएको छ।
पाँच–दिने यमपञ्चक पर्वमा पशुपंक्षी र वनस्पतिलाई समेत सम्मानस्वरूप घरघरमा काग, कुकुर, गाई, गोवर्द्धन र लक्ष्मीको पूजा गरी साँझमा दीपावली गर्ने र अन्तिम दिन भाइटीका लगाउने परम्परा छ।
प्रतिक्रिया