Logo

गण्डकी प्रदेश

बागलुङ दुर्घटना: हेलिकप्टरमार्फत घाइतेको उद्दार, सबैको सनाखत, पूर्वमन्त्री विष्ट घटनास्थलमा



बागलुङ – बागलुङको बढीगार्ड गाउँपालिका-७ मा मङ्‍गलबार बिहान जीप दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको छ। बागलुङ डिएसपी झविन्द्रप्रसाद भट्टराईका अनुसार मृत्यु हुनेमा ९ जना महिला, ४ जना पुरुष र १ जना बालक रहेका छन्। घाइते हुनेमा महिला, पुरुष र बालक एक जना रहेका छन्।

इस्मा गाउँपालिका वडा नम्बर–४ कल्याराबाट बाग्लुङको निसीखोला गाउँपालिका लागि छुटेको ग १ ज ५२१९ नम्बरको जीप बडिगाड गाउँपालिकाको वडा नम्बर–७ भिङगिठेमा दूर्घटनामा परेको हो ।

मृत्यु हुनेमा गुल्मीको इस्मा गाउँपालिका–४ का ३० वर्षीय सुचना कार्की, जीप चालक रेश्म थापा, ४० वर्षीया बसुन्धरा कार्की, २३ वर्षीया माया थापा, ४० वर्षीया सीता कार्कीं, दुई वर्षीया अनुशा कार्की, ६५ वर्षीया झवी कार्की, ४० वर्षीय महेन्द्र कार्की, ४५ वर्षीया भूमी कार्की, २५ वर्षीया मिना बस्नेत, ६५ वर्षीय धन बहादुर कार्की, बाग्लुङको बडिगाड गाउँपालिका–५ का ५५ बर्षीया लक्ष्मी केसी, नवलपरासी बर्दघाट नगरपालिका–२ का ६० वर्षीया मुना कार्की, कञ्चनपुरका ५५ वर्षीया धनबहादुर कार्की छन् ।

दूर्घटनामा घाइते हुनेमा नवलपरासी बर्दघाट नगरपालिका–२ का २२ वर्षीयका जीवन कार्की, इस्मा गाउँपालिका–४ का ४ वर्षीय हिमाल कार्की र सोही गाउँपालिका ४ बस्ने २३ वर्षीया मिना केसी छन् ।

यसैबीच, गुल्मीको इस्मा गाउँपालिकाबाट कुलपूजाको लागि बागलुङको निसिखोला जाँदै गरेको जीप दुर्घटना भएको खबर लगत्तै घाइतेहरुको उद्धार तथा उपचारका लागि पूर्वमन्त्री एवं प्रतिनिधिसभा सदस्य गोकर्ण विष्ट नेपाली सेनाको हेलिकप्टर मार्फत वुर्तिबाङ पुगेका छन् ।

दुर्घटनामा गम्भीर घाइते भएका तीनजनालाई थप उपचारका लागि काठमाडौं ल्याएको छ । थप उपचारका लागि उनीहरुलाई शिक्षण अस्पताल महाराजगञ्ज ल्याइएको छ ।

प्रकाशित : १७ मंसिर २०७६, मंगलबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
info@asiasanchar.com asiasanchar@gmail.com

हाम्रो समूह

  • सम्पादक
    दुर्गादेवी अधिकारी ९८१५९२९१२४
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल