Logo

राजनीति

कम्युनिष्टहरूले निरंकुशताको अभ्यास गर्न खोजे कांग्रेसले प्रतिरोध गर्नेछ: डा. डिला संग्रौला



डा. डिला संग्रौला

सिन्धुली – नेपाली कांग्रेसकी प्रभावशाली नेतृ एवम् सांसद डा. डिला संग्रौलाले केपी शर्मा ओली नेतृत्वको वर्तमान कम्युनिष्ट सरकारले मुलुकमा निरंकुशताको अभ्यास गरिएको बताएकी छिन्।

नेपाली कांग्रेसले सिन्धुलीमा आयोजना गरेको प्रशिक्षण एवम् आमसभालाई सम्बोधन गर्दै नेतृ संग्रौलाले सबै क्षेत्र नियन्त्रण गरेर निरंकुशता र नयाँ शैलीको तानाशाही व्यवस्थाको अभ्यास नेकपा सरकारले शुरू गरेको बताएकी हुन्।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष ओली प्रधानमन्त्री भएपछि नै नेपालमा निरंकुशताको नयाँ अध्याय शुरू गर्न खोजेको संग्रौलाको टिप्पणी छ। ‘तर, यो सम्भव छैन, सत्तासिनहरूले बेलैमा बुझे हुन्छ,’ उनले भनिन्।

जनताले नेपाली कांग्रेसको विकल्पमा कम्युनिष्ट पार्टीलाई रोज्दा अहिले सिङ्गो मुलुकले नै संकटको सामना गर्नुपरेको नेतृ संग्रौलाको भनाइ छ। कम्युनिष्टहरूले निरंकुशताको अभ्यास गरे पनि उनीहरूलाई लोकतन्त्रको बाटोमा हिँडाउन कांग्रेसले प्रतिरोध गर्ने उनले प्रष्ट पारिन्।

‘लोकतन्त्रको विकल्प लोकतन्त्र नै हो, निरंकुश कम्युनिष्ट शासन होइन, कांगेसको विकल्प कांग्रेस नै हो,’ संग्रौलाले भनिन्, ‘कांग्रेसको विकल्पमा कम्युनिष्ट पार्टीलाई रोज्दा अहिले मुलुक राजनीतिक संकटमा फस्न पुग्यो।’

कांग्रेस नेतृ संग्रौलाले नेपाली कांग्रेसले मुलुकको रुपान्तरणसहितका एजेण्डा ल्याएर लोकतान्त्रिक गणतन्त्र र संघीय शासन व्यवस्थालाई सवल र सुदृढ बनाउँदै अबको निर्वाचनमा बहुमतको सरकार निर्माण गर्ने लक्ष्यका साथ देशव्यापी जागरण अभियानका कार्यक्रमहरू ल्याउने उद्घोष गरेकी छिन्।

प्रकाशित : ६ पुस २०७६, आइतबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    दुर्गादेवी अधिकारी ९८१५९२९१२४
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल