
काठमाडौं – संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च संघीय लिम्बुवान मञ्चका अध्यक्ष कुमार लिङदेन मिराकले पहिचान र संघीयता विरोधी गतिविधि नरोकेमा मुलुकमा ढिलो–चाँडो गृहयुद्ध निम्तिने चेतावनी दिएका छन्।
थरुहट थारुवान राष्ट्रिय मोर्चाले आन्दोलनको घोषणा गर्न आयोजना गरेको पत्रकार सम्मेलनमा अध्यक्ष लिङदेनले प्रदेशको सीमाङ्कनका विषयमा केपी ओली नेतृत्वको सरकारले देखाएको गलत रवैयाले मुलुक गृहयुद्धमा फस्ने स्थिति पैदा भएको बताएका हुन्।
‘अब थारुको छोरा कुन प्रदेशबाट मुख्यमन्त्री बन्न सक्छ, सात प्रदेशबाट कि पाँच प्रदेशबाट?,’ लिङदेनले प्रतिप्रश्न गर्दै भने, ‘थारूहरूलाई विभाजित गरेर सिध्याउने षड्यन्त्र भएको छ, यो हामीलाई स्वीकार्य छैन।’
थारूहरूले गरेको सबै आन्दोलनमा मञ्चको साथ रहने उल्लेख गर्दै लिङदेनले मुलुकमा पहिचानसहितको १० प्लस १ प्रदेश स्थापनाका लागि सबै पहिचान पक्षधर पार्टीहरू एक हुनुपर्नेमा जोड दिएका छन्।
हेर्नुहोस् भिडियो।
एशिया सञ्चारको Youtube Channel Like Share र Subscribe गर्नुहोला।
प्रतिक्रिया