Logo

प्रदेश-१

भ्रमण वर्ष २०२० : काँकरभिट्टामा यसरी गरियो बेलायती मेयरको स्वागतको तयारी



शिशिर चम्लागाईं, झापा – बेलायतको एक नगरबाट आउने मेयरको स्वागतका लागि झापाको मेचीनगरस्थित काँकरभिट्टा सहरको सरसफाइ गरिएको छ।

झापा जिल्ला ट्राभल्स एजेन्ट संघको आयोजनामा नेपाल प्रवेशको पूर्वी नाका सरसफाइ गरिएको हो। काँकरभिट्टाको क्याम्पसरोड, टाँसी छोयलिङ गुम्बा हुँदै काँकरभिट्टा खानेपानी परिसरसम्म सरसफाई गरिएको छ।

सोमबार मेचीनगर नगरपालिकासँग भगिनी सम्बन्ध विस्तार गर्न आउने बेलायती टोलीलाई स्वागत गर्ने उद्देश्यले सरसफाई गरिएको झापा जिल्ला ट्राभल्स संघका अध्यक्ष निरबहादुर कार्की नेत्रले बताए।

बेलायतबाट फोक्स्टन टाउन नगरपालिकाका मेयर जेकीमोड, भगिनी सम्बन्ध विस्तार समितिका संयोजक धनकिरण गुरुङ, फोक्स्टन सिटीका उद्योग वाणिज्य संघका अध्यक्ष रेगोशन, आइटी इन्जिनियर ओलीबर विल्सन र भगिनी सम्बन्ध विस्तार समिति सचिव यो मेल्जोन झापाको मेचीनगर आउँदैछन्।

सम्बन्ध विस्तार तथा भ्रमणका लागि आउने टोलीले सोमबार टाँसी छोयलिङ गुम्बा तथा काँकरभिट्टा खानेपानी सरसफाई तथा उपभोक्ता समितिको कार्यालयमा जाने कार्यक्रम रहेको छ।

ट्राभल्स संघका अध्यक्ष कार्कीले बेलायती टोलीको स्वागतका निम्ती मेचीनगरको सफाइ गरिएको बताए। ‘स्वच्छ तथा सुन्दर बनाउनु सबैको दायित्व भएको र सरसफाइ गर्नुपर्छ भन्ने भावनाका साथ यो काम गरिएको हो,’ उनले भने।

सरसफाइ कार्यक्रममा होटल व्यवसायी संघ काँकरभिट्टा, वडा कार्यालय मेचीनगर नगरपालिका ६, काँकरभिट्टा खानेपानी तथा सरसफाई संस्था साथै स्थानीयबासीको सहभागिता रहेको थियो।

कार्कीले पर्यटन वर्ष २०२० लाई दृष्टिगत गर्दै सबैलाई आफ्नो घर अगाडि फूल रोप्न साथै आफ्नो वरिपरिको वातावरण सफा राख्न सबैलाई आग्रह गरेका छन्।

प्रकाशित : २६ माघ २०७६, आइतबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    दुर्गादेवी अधिकारी ९८१५९२९१२४
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल