Logo

स्वास्थ्य

संसदमा कोरोना बहसः स्वास्थ्यमन्त्रीको अभिव्यक्ति गैरजिम्मेवारीपूर्णः डा. डिला संग्रौला



काठमाडौं – नेपाली कांग्रेसकी नेतृ तथा सांसद डा. डिला संग्रौलाले स्वास्थमन्त्री भानुभक्त ढकालको अभिव्यक्तिको आलोचना गरेकी छिन्।

प्रतिनिधिसभाको बिहीबारको बैठकमा नेतृ संग्रौलाले मन्त्री ढकालको गैरजिम्मेवार अभिव्यक्तिबारे जवाफ दिन माग गरेकी हुन्।

संग्रौलाले स्वास्थ्यमन्त्रीले जनतालाई त्रसित बनाउने खालको गैरजिम्मेवारपूर्ण जवाफ दिनु ज्यादै गलत रहेको बताइन्। ‘कोरोना भाइरसबाट आतंकित भइरहेका बेला मन्त्रीको यस्तो जवाफ आउनु दुःखद छ,’ उनले भनिन्।

हरेक राष्ट्रहरुले कोरोना संक्रमण फैलिन नदिन सजकता अपनाएको टिप्पणी गर्दै संग्रौलाले भनिन्, ‘स्वास्थ्यमन्त्रीले नेपाली जनतालाई अपील गर्नुको साटो अब विदेशबाट आएका क्वारेन्टाइनमा आफैं बस्नुपर्‍यो, आइसोलेसनमा आफैं बस्नुपर्‍यो, सरकारले राख्न सक्दैन भन्दै गर्दा आज नेपाली जनता त्रसित छन्, मुलुकका स्वास्थ्यमन्त्रीले गैरजिम्मेवारपूर्ण जवाफ दिने अधिकार छैन।’

संग्रौलाले कोरोना भाइरसको महामारी विश्वभरि फैलिरहेका बेला नेपालमा खाद्यान्न, ग्यास, मास्कको अभाव भएको जानकारी संसदलाई गराइन्। अत्यावश्यक सामग्रीको व्यवस्था तत्काल गर्न उनले सरकारको ध्यानाकर्षण गराएकी छिन्।

प्रकाशित : २९ फाल्गुन २०७६, बिहिबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
info@asiasanchar.com asiasanchar@gmail.com

हाम्रो समूह

  • सम्पादक
    दुर्गादेवी अधिकारी ९८१५९२९१२४
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल