
काठमाडौं, ३० फागुन – संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चको संगठन विस्तार कार्य तीव्र भएको छ। मञ्चका अध्यक्ष कुमार लिङदेन मिराकका अनुसार विभिन्न प्रदेश र जिल्लाहरूमा संगठन निर्माणको काम तीव्र पारिएको हो।
‘पहिचानको आन्दोलनलाई उचाइमा पुर्याउनु पर्ने भएको छ, आन्तरिक तयारीकै लागि पनि हामी अहिले संगठन निर्माणको काममा केन्द्रित छौं,’ अध्यक्ष लिङदेनले भने।
झापादेखि सिन्धुपाल्चोकसम्म पछिल्लो समय संगठन निर्माण हुँदै गर्दा अन्य जिल्लामा पनि संगठन विस्तारलाई तीव्रता दिइएको लिङदेनले बताएका छन्।
शिवसताक्षीमा जुटे युवा
शिवसताक्षी–७ मा संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च संघीय लिम्बुवान मञ्चको टोल समिति गठन गरिएको छ।

‘मञ्चको विचार, संगठन, आन्दोलन र खुकुरी चिन्हलाई टोल–टोल पुर्याउने प्रतिवद्धताका साथ समिति गठन गरिएको हो। श्याम लिङदेनको अध्यक्षता ११ सदस्यीय गठन भएको छ।
कार्यक्रममा केन्द्रीय उपाध्यक्ष ज्ञानुहाङ इम्बुङ, केन्द्रीय सदस्य, दिल सेरेङ, केन्द्रीय सदस्य किरण लिङदेन, नगर अध्यक्ष प्रकाश लिङदेन, देवि निङ्लेकु, समीर योङहाङ, देव चेम्जोङ लगायतले मन्तव्य व्यक्त गरेका थिए।

कार्यक्रमका वक्ताहरूले लिम्बुवान सहितको १० प्लस १ प्रान्त स्थापना गर्न संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च संघीय लिम्बुवान मञ्च नेपालको संगठन, विचार र चुनाव चिन्ह दापसहितको खुकुरीलाई गाउँ–गाउँ पुर्याउनु पार्नेबारे जोड दिएका छन्।
सिन्धुपाल्चोकमा संगठन विस्तार
सिन्धुपाल्चोक बाह्रबिसे–८ मानेस्वाँरामा संघीय तामाङसालिङ मञ्च गठन भएको छ। शेर्पा र तामाङ समुदायमा संघीय मञ्चले पृथक छाप पार्न सफल भएको छ।
प्रमुख अतिथि भविराज तुम्साको प्रमुख आतिथ्य रहेको कार्यक्रममा केन्द्रीय नेताहरू सुमन गोले, दावा छिरिङ शेर्पा, ग्याल्जेन शेर्पा, जीतबहादुर गोले तामाङ, अमृतकुमार लामा, पेमा स्याङबो लगायतले पहिचानसहितको १० प्लस १ प्रान्तबारे स्थापनाका लागि आवश्यक रणनीतिका बारेमा चर्चा गरेका थिए।

नवगठिन मञ्चको अध्यक्षमा चरिबहादुर तामाङ, वरिष्ठ उपाध्यक्षमा सन्तकुमार तामाङ, उपाध्यक्ष इन्द्रकुमारी तामाङ, सचिवमा करण लामा र सहसचिवमा अर्जुन तामाङ चयन भएका छन्।
सल्लाहकार सदस्य धनबहादुर तामाङ रहेको समितिमा क्रियाशील सदस्य कमला तामाङ, कदम तामाङ, ज्ञानबहादुर तामाङ, रामशरण भुजेल, सुनिल तामाङ, चिनबहादुर तामाङ भीमबहादुर लामा तामाङ, कृष्ण दोङ, लोकबहादुर तामाङ रहेका छन्।
क्रियाशील सदस्यहरूमा सरोज लामा, अर्जुन सलामी, रामबहादुर सलामी, बलराम विक, नरेश लामा, डम्बरबहादुर सलामी, सोमबहादुर श्रेष्ठ, डम्बरबहादुर श्रेष्ठ, दिनेश विक, सीताराम विक, सञ्जीव तामाङ, तेउरे तामाङ र अर्जुन तामाङ चयन भएका छन्।
प्रतिक्रिया