Logo

स्वास्थ्य

सरकारले नेपाली सेनालाई दियो स्वास्थ्य सामग्री ल्याउने जिम्मा, रक्षाद्वारा जंगीअड्डामा पत्राचार



काठमाडाैँ, २० चैत – कोरोना भाइरस (कोभिड-१९) को रोकथाम तथा नियन्त्रणका लागि चाहिने स्वास्थ्य सामग्री अब नेपाली सेनाले खरिद गर्ने भएको छ। पछिल्लो पटक बसेको मन्त्रिपरिषद बैठकले स्वास्थ्य मन्त्रालयको समन्वयमा सेनाबाट खरिद गर्ने निर्णय गरेको हो।

चीनबाट आयात थालिएको सवा अर्बको सामग्री विवादमा आएपछि मन्त्रिपरिषद बैठकले सेनाबाट खरिद गर्ने निर्णय गरेको हो। मन्त्रिपरिषदको निर्णपछि रक्षा मन्त्रालयले आवश्यक काम थाल्न सेनालाई पत्राचार गरिसकेको छ।

‘मन्त्रिपरिषदले निर्णय गरेपछि आवश्यक काम अघि बढाउन हामीले सेनालाई निर्देशन दिइसकेका छौं,’ रक्षा स्रोतले भन्यो। रक्षाका एक अधिकारीका अनुसार बिहीबार नेपाली सेनालाई पत्राचार गरिएको छ।

अब सेनाले स्वास्थ्य मन्त्रालयसँग समन्वय गरेर आवश्यक सामग्री खरिद गर्ने ती अधिकारीले बताए। विवादास्पद ओम्नी ग्रुपसँग भएको सम्झौता बुधबार रद्द गरिएको थियो। सेनाले अब सरकार–सरकार (जीटुजी) प्रक्रियाबाट सामान ल्याउने छ।

मन्त्रिपरिषद बैठकले उक्त प्रक्रियाबाट सामग्री खरिद गर्ने निर्णय गरे पनि सरकारका प्रवक्ताले निर्णय सार्वजनिक गर्दा यो कुरा लुकाएका थिए। सेनाले रक्षाको पत्राचार पाइसकेको छैन। ‘मन्त्रिपरिषदबाट निर्णय भएकोसम्म सुनियो, तर हामीलाई अहिलेसम्म पत्र आइसकेको छैन,’ सैनिक प्रवक्ता विज्ञानदेव पाण्डेले भने।

यसअघि ओम्नी ग्रुपबाट बजारमूल्यभन्दा अत्यधिक महंगो मूल्यमा सामग्री खरिद थालिएको थियो। चीनबाट ल्याइएको स्वास्थ्य सामग्रीको गुणस्तरसमेतमा प्रश्न उठेपछि बुधबार स्वास्थ्य सेवा विभागले सम्झौता रद्द गरेको थियो।

प्रकाशित : २० चैत्र २०७६, बिहिबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
info@asiasanchar.com asiasanchar@gmail.com

हाम्रो समूह

  • सम्पादक
    दुर्गादेवी अधिकारी ९८१५९२९१२४
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल