Logo

राजनीति

कोरोनाविरुद्ध लड्न काठमाडौँ महानगर र प्रहरीलाई विवेकशील नेपाली दलको साथ



काठमाडौँ, २० चैत – विवेकशील नेपाली दलले कोरोना भाइरस कोभिड १९ को जोखिम नियन्त्रण गर्न खटिनेहरूका व्यक्तिगत सुरक्षा सामग्री (पिपिई) वितरण गरेको छ।

विवेकशील नेपाली दलले काठमाडौँ महानगरपालिकालाई ३२ थान तथा महानगरीय प्रहरी परिसर टेकुलाई १० थान व्यक्तिगत सुरक्षा सामग्री (पिपिई) सुट हस्तान्तरण गरेको हो।

विवेकशील नेपाली दलकी नेतृ रञ्जु दर्शनाले काठमाडौं महानगरका प्रमुख विद्यासुन्दर शाक्यलाई उक्त सामग्री वितरण गरेकी हुन्।

विपदका बेला अग्रपङ्तिmबाट सामना गर्न अहोरात्र खटिएका स्वास्थ्यकर्मी र सुरक्षाकर्मीको मनोबल उच्च राख्न उक्त सामग्री वितरण गरिएको नेतृ दर्शनाले बताइन्।

विवेकशील नेपाली दलकी कोषाध्यक्ष तथा सुट बनाउने कार्यक्रम संयोजक सुमित्रा गुरुङले सरकारको उचित निर्णय र कदमलाई साथ दिनका लागि नै उक्त सामग्री हस्तान्तरण गरिएको बताए।

‘अनियमितता भएमा खबरदारी गर्ने र अझ राम्रो गर्न के गर्नुपर्छ, उचित सुझाव दिन हामी निरन्तर लागिरहेका छौँ, साथै यो आपतको घडीमा एकजुट भएर काम गर्न सबैलाई विवेकशील नेपाली दल आह्वान गर्दछ,’ गुरुङले भनिन्।

प्रकाशित : २१ चैत्र २०७६, शुक्रबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
info@asiasanchar.com asiasanchar@gmail.com

हाम्रो समूह

  • सम्पादक
    दुर्गादेवी अधिकारी ९८१५९२९१२४
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल