
काठमाडौँ, ६ वैशाख – काठमाडौं उपत्यकामा रहेका कालिकोटबासीलाई नेपाल तरूण दलका महासचिव तथा कांग्रेसका युवा नेता भुपेन्द्रजङ्ग शाहीले खाद्य सामग्री वितरण प्रदान गरेका छन्।
कालिकोटबाट आएर मजदूरी गर्ने, बिरामी र विद्यार्थीहरुलाई १ हजार ७ सय किलो चामल, १ सय ७० किलो दाल, १ सय ५० प्याकेट तेल प्रदान गरेका हुन्।

भक्तपुरदेखि थानकोटसम्म पुगेर नेता शाहीले कालिकोटसहित दैलेख, मुगु, सुर्खेत, जाजरकोटका २ सय परिवारलाई खाद्यान्न वितरण गरेका हुन्। अझै पनि अप्ठ्यारोमा परेकालाई आफूले सक्दो सहयोग गर्ने शाहीले बताएका छन्।
लकडाउन थप गर्ने निर्णयसँगै नागरिकलाई राहत पनि थप होस्ः शाही
यसैबीच, नेपाल तरुण दलका महासचिव भुपेन्द्रजंग शाहीले सरकारले तत्काल राहत प्याकेज घोषणा गर्न माग गरेका छन्।

शाहीले विश्वभरि महामारिका रुपमा फैलिएको कोरोना भाइरसको रोकथामका लागि सरकारले लकडाउन बढाउने निर्णय गरेकोमा नागरिकलाई राहत प्याकेज घोषणा गर्न माग गरेका हुन्।
मुलुकमा लगातार लकडाउन भइरहँदा नागरिकहरुलाई छाक टार्नै समस्या भइरहेको बताउदै रोगसँगै भोकको पनि रोकथाम गर्न जरुरी रहेको शाहीले बताए।

‘सांसद, मन्त्री, नेता र हुने खानेहरुलाई लकडाउन घरभित्र बस्न आनन्द छ, दैनिक ज्यालामा काम गरिखाने मजदुरहरुको बेहाल छ, महामारी रोक्न लकडाउन गरेसँगै भोकमारी रोक्न उचित राहत दिनुपर्छ,’ उनले भने।
शाहीले सरकारले लकडाउन बढाउँदै जाँदा नागरिकलाई राहत दिन ढिलाई गरेकोप्रति आपत्ति व्यक्त गरेका छन्। ‘सरकारको राहत प्याकेजमा भएको ढिलाईले विपन्न जनतामा पीडा दिएको उनले बताए।

‘सरकार जिम्मेवार रुपमा प्रस्तुत भएन, लकडाउनले काम गरिखाने नागरिकहरुलाई रोगभन्दा बढी भोकले समस्यामा पारेको छ, सरकारले बैठक बस्ने र लकडाउन थप्ने बाहेक राहतको विषयमा कुनै पनि ठोष निर्णय लिन सकेको छैन, यो दुखद कुरा हो,’ उनले भने।
नेपाली काँग्रेस कालिकोटका महासमिति सदस्य शाहीले यो विपद्को समयमा सबैले सुरिक्षत भएर लकढाउनको पालना गर्नुपर्ने बताए।

मुलुकभरि नेपाल तरुदलले समस्यामा परेका नागरिकहरुलाई सहयोग गर्ने अभियान नै चलाइरहेको जानकारी शाहीले दिए। विपद्को सामना गर्न सबैले हातेमालो गरेर अगाडि बढ्नु पर्ने उनको भनाई छ।


प्रतिक्रिया