
काठमाडौँ, १२ वैशाख – हाम्रो नेपाल हामी नेपाली अभियानका अभियन्ता ज्ञानबहादुर शाही अर्थात् ज्ञानेन्द्र शाहीको रिहाईको माग गर्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ।
वरिष्ठ अधिवक्ता तथा मानवअधिकारवादी इन्द्रप्रसाद अर्यालले शुक्रबार सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरण रिट निवेदन दायर गरेका हुन्।
शाहीलाई गैरकानूनी ढंगबाट राहत बाँड्ने क्रममा प्रहरीले प्रक्राउ गरेको थियो।
जिल्ला प्रशासन कार्यालय, महानगरीय प्रहरी परिसर जाउलाखेल र महानगरीय प्रहरी वृत्त चापागाउँ विपक्षी बनाएर अर्यालले रिट दायर गरेका हुन्।

प्रतिक्रिया