Logo

समाचार

कुवेतबाट तेस्रो उडानमा ९ बालबालिकासहित १४९ महिला काठमाडौं ओर्लिए



हरिकृष्ण न्यौपाने, कुवेत – एम्नेस्टीमार्फत कुवेत सरकारको आश्रय स्थलमा शरण लिएर बसेका मध्ये तेश्रो उडानबाट ९ बच्चा सहित १४९ महिला कामदारहरु नेपाल नेपाल पुगेका छन।

उनिहरु आज जुन-१२,शुक्रबार कुवेतको जजिरा एयरको सिधा उडान मार्फत नेपाल पुगेका हुन।उनिहरु नेपालको समय अनुसार बिहान ११:३० बजे नेपाल उत्रिएका थिए।
नेपाली राजदुताबास कुवेतकी सुचना अधिकारी दितिय सचिब जानकी ओझाका अनुसार कुवेत सरकारको अर्दिया आश्रय स्थलमा रहेका ८ जना आमाका ९ जना बच्चाहरु सहित १४९ जना महिलाहरुलाई आज नेपाल पठाइएको हो।

उनले थपिन”क्रमश:आममाफी मार्फत आश्रय स्थलमा रहेका नेपालीहरुलाई कुवेत सरकारले निशुल्क दैनिक उडान मार्फत नेपाल पठाउने छ।भोली पनि २ वटा जजिरा एयरको उडान हुने जानकारी दूताबासमा आएको छ।”

यसै बिच आज नेपाली राजदूताबास कुवेतले आफ्नो फेसबुक पेज मार्फत आममाफी भन्दा बाहेक घर जानै पर्ने अवस्थाका कामदारहरु मध्ये पहिले प्राथमिकतामा परेकाहरुलाई आ-आफ्नो प्रमाण दुताबासमा पठाउन अनुरोध गरेको छ।उक्त अनुरोध यस्तो रहेको छ।

नेपाल सरकारको निर्णयबाट तोकिएको प्राथमिकता क्रममा रहेका गर्भवती महिला, कोरोना बाहेकका गम्भीर रोग लागी विरामी परेकाहरु, नजीकको नातेदारको मृत्यु भइ मृत्यु संस्कारका लागि नेपाल जानु पर्ने व्यक्तिहरु एवं जेष्ठ नागरिक, बालवालिका तथा अपांगता भएका व्यक्तिहरुले आफूसँग भएका प्रमाण वा कागजातहरु यथाशीघ्र दूतावासको फेसबुक पेजको मेसेन्जर इनबक्स वा इमेल [email protected] मा पठाइदिनु हुन अनुरोध छ ।

पुनश्च:कोरोना स्वास्थ्य परीक्षण कहाँँ र कसरी अनी कती शुल्क लिएर गर्ने र चार्टर उडान कहिले हुने बारे पुन: अर्को सुचना निकालेर जानकारी दीइने दितिय सचिब ओझाले बताएकी छन्।

अनियमितताको हिसाब खोज्ने युवामाथि प्रहरीको यस्तो व्यवहार

https://youtu.be/aeVQmuAwL-A

प्रकाशित : ३० जेष्ठ २०७७, शुक्रबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    दुर्गादेवी अधिकारी ९८१५९२९१२४
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल