काठमाडौं, ५ असार – प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालीहरूमा इम्युन सिस्टम दह्रो रहेको बताएका छन्। राष्ट्रियसभाको बैठकलाई सम्बोधन गर्दै ओलीले औषधीय गुण भएको प्राकृतिक सामग्री खाएकाले नेपालीको प्रतिरक्षा प्रणाली सशक्त रहेको बताएका हुन्।
प्रधानमन्त्री ओलीले नेपालीहरूको खानेकुरा खाने तौरतरिका र भान्छाका कारण रोग प्रतिरोधी क्षमता दह्रो रहेको बताए। ओलीले कोरोनाले छोयो भन्ने बित्तिकै ज्यान नगुम्ने बताउँदै बेसार, तातोपानी लगायत औषधिजन्य सामग्री खाएर निको हुने उल्लेख गरेका छन्।
प्रतिक्रिया