काठमाडौं, ४ भदौ – सामाजिक सञ्जालमा भाइरल भएका २४ वर्षीय अर्जुन विकको अभिनय रहेको गीत सार्वजनिक भएको छ।
रिक्सा चलाएर छोराको लालनपालन गर्ने विक अहिले अभिनयमा आफ्नो ठाउँ बनाउँदै गएका छन्। २ वर्षका छोराको लालनपालनका लागि विक संघर्ष गरिरहेका छन्।
२ वर्षीय छोरा विकासलाई पिठ्यूमा सर्टले बेरेर बोकेर रिक्सा कुदाएको तस्वीर भाइरल भएको थियो। अर्जुनकै संघर्षलाई आधार बनाएर गीत निर्माणको लहर चलेको छ।
नवोदित गायक विशाल निरौलाको आवाज रहेको ‘छोडेर गयौ नि’ गीतमा अर्जुनको अभिनय रहेको छ। उक्त गीतमा भाइरल अर्जुनसँगै अनिता वाइबाको अभिनय रहेको छ।
गीतमा संगीत एवं संगीत संयोजन गायक निरौला आफैले गरेका छन्। निर्देशन एकान्त मगरले गरेका छन्।
प्रतिक्रिया