काठमाडौं, २ असोज – काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा ८ सय ५९ जना कोरोना संक्रमित थपिएका छन्। काठमाडौंमा ६ सय ९८, ललितपुरमा ७९ र भक्तपुरमा ८२ जनालाई कोरोना संक्रमण पुष्टि भएको हो।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा कोरोना भाइरस संक्रमणका कारण ४ जनाको मृत्यु भएको छ।
गौतमले काठमाडौंकी ८३ वर्षीया महिला र ८८ वर्षीय पुरुष, भक्तपुरका ८२ वर्षीय पुरुष र ललितपुरकी ६६ वर्षीया महिलाको मृत्यु भएको जानकारी दिएका छन्।
प्रतिक्रिया