
काठमाडौं, ६ कात्तिक – नेपाली कांग्रेसका युवा नेता तथा काठमाडौं महानगरपालिका–१० का अध्यक्ष रामकुमार केसीले दशैंमा कोरोना भाइरसको संक्रमण फैलिन सक्ने सम्भावनालाई दृष्टिगत गरी सुरक्षित रुपमा चाड मनाउन अपील गरेका छन्।
नेता केसीले कोरोना प्रकोप गाउँ–गाउँसम्म पुग्ने सम्भावना अझै बढ्न सक्ने भएकाले आवतजावतलाई रोक्नुपर्ने धारणा राखेका छन्।
‘कोरोना प्रकोप शहरबाट गाउँ–गाउँमा फैलिने खतरा छ, त्यसैले दशैंतिहार मनाउने भनेर आवतजावत नगर्नु नै अहिले सबैका लागि हितकर हुन्छ,’ उनले भने।
वडाध्यक्ष केसीले आपसी प्रेम र सद्भाव बाँढ्दै चाडपर्व मनाउन अपील गरेका छन्। तर, यस बेला स्वास्थ्य सुरक्षामा ध्यान दिन उत्तिकै महत्त्वपूर्ण रहेको उनको धारणा छ।
संघीय सरकारको गैरजिम्मेवारी र अदुरदर्शी निर्णयका कारण दैनिक ५ हजार कोरोना संक्रमित थपिने अवस्था आएको बताउँदै युवा नेता केसीले अब समुदायका हरेक नागरिकले आफै सुरक्षित बस्नुपर्ने अवस्था आएको टिप्पणी गरे।
‘सुरक्षित बसौं, अरु विकल्प छैन, दशैंलाई सुरक्षित बनाऔं, कोरोना प्रकोपको संक्रमणबाट पूर्ण रुपमा जोगिएर मात्रै चाडपर्व मनाऔं,’ नेता केसीले भने।
प्रतिक्रिया