Logo

आर्थिक

यही आर्थिक वर्षमा वासलात १ अर्ब र सदस्य ७ सय ३० पुर्‍याउँछौँ : उद्धव सापकोटा



काभ्रे, २४ कात्तिक – बागमती प्रदेश बचत तथा ऋण सहकारी संघका अध्यक्ष उद्धव सापकोटाले एक अर्ब रुपैयाँभन्दा बढी वासलात पुर्‍याउने लक्ष्यअनुसार काम अघि बढाउने बताएका छन्।

चालू आर्थिक वर्षमै संघका सदस्य ७ सय ३० पुर्‍याउने लक्ष्य प्रस्तुत गर्दै अध्यक्ष सापकोटाले वासलात एक अर्ब रुपैयाँभन्दा माथि बनाउने बताएका हुन्।

‘अबको ६ महिना बढीको समयावधिभित्र ९ करोड रुपैयाँको शेयर बनाउँछौँ, र, ९७ करोड रुपैयाँको बचतसहित १ अर्ब रुपैयाँभन्दा बढी कारोबार पुर्‍याउने योजना छ,’ सापकोटाले भने, ‘त्यही लक्ष्यअनुसार काम अघि बढाउँछौँ।’

सहकारी शिक्षा, सुशासन, एकीकरण, सहकारीलाई उत्पादनसँग जोडेर उद्यमशीलताको अभियानमा जोड्ने लक्ष्य प्रस्तुत गर्दै सापकोटाले प्राथमिकताका क्षेत्र पहिचान गरेर योजना कार्यान्वयन गर्ने उल्लेख गरेका छन्।

प्रकाशित : २५ कार्तिक २०७७, मंगलबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
info@asiasanchar.com asiasanchar@gmail.com

हाम्रो समूह

  • सम्पादक
    दुर्गादेवी अधिकारी ९८१५९२९१२४
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल