Logo

समाचार

नेपाल फर्किनु एकदिन अघि ‘आमा, लाग्ने भए मेरो आयु थपिदिन्थेँ’ लेखेर सधैंका लागि बिदा भए



लिस्बन, २४ पुस – करिव २४ घण्टा अगाडि फेसबुकमा ‘मिल्ने भए दुःख हटाइ खुशी किन्थेँ आमा, आफ्ना को हुन्, पराइ को हुन्, सबै चिन्थेँ आमा। तिम्रो दूधको भारा कसरी तिर्नु म? लाग्ने भए मेरो आयु थपिदिन्थेँ आमा’

बझाङका एक युवाले बिहीबार फेसबुकमा यही स्टाटससहितको एउटा तस्वीर शेयर गरे। यही पोस्ट उनको जीवनको अन्तिम बचन हुन पुग्यो। अर्थात् बझाङका युवा सुरत कुँवर अब कहिल्यै फर्किने छैनन्।

बझाङबाट पोर्चुगत पुगेका कुँवर अब कहिल्यै नफर्किने बाटो लागेका हुन्। पोर्चुगलको राजधानी लिस्बनमा आफू बसेको छात्राबासमै बझाङका सुरत कुँवरले देहत्याग गरेका हुन्।

पोर्चुगललाई कर्मथलो बनाउँदै आएका कुँवर शुक्रबार नेपाल जाने तयारीमा थिए। उनले स्टाटस शेयर गरेर आफू बस्दै आएको होस्टेलको चार तलाबाट हामफालेर देहत्याग गरेका हुन्।

एउटै छात्राबासको कोठामा बसेका साथी र परिवारका सदस्यलाई देहत्याग गर्ने आफ्नो बोलि अन्तिम भनेर भनेपछि कुँवरले साथी भान्सामा गएको मौका छोपी हामफालेको पोर्चुगल प्रहरीले जानकारी दिएको छ।

यसैबीच, कोरोनाका कारण सोलुखुम्बु घर भई एक वर्षदेखि पोर्चुगल रहेकी तारादेवी परियारको निधन भएको छ।

आफ्नै घरमा ग्यास पड्केपछि घाइते भएकी परियारलाई उपचारका क्रममा कोरोना पोजिटिभ देखिएको थियो। सन् २०२१ को आगमनसँगै पोर्चुगलमा ज्यान गुमाउने नेपालीको संख्या तीन पुगेको छ।

मनीषा कोइरालाको राष्ट्रवादी अभिव्यक्तिले भारतमा मच्चियो हलचल

प्रकाशित : २४ पुस २०७७, शुक्रबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल