
आँखा धमिलो देखिने, अप्ठ्यारो हुने तथा आँशु गालामा बगिरहने अवस्थलाई आँशु बगिरहने अवस्था भन्छन् । यो २ किसिमको अवस्थामा आँशु बग्ने हुन्छ । १. बढी आँशु बगेमा २. आँशु बग्ने बाटो बन्द भएमा । आँशु ग्रन्थीमा बढी मात्रामा उत्तेजित भएमा आँसु बढी आउँछ । आँशु बग्ने कारणहरुलाई निम्नअनुसार छन् ।
१. मनोजन्य उत्तेजना : रुँदा र हाँस्दा।
२. कर्निया वा कन्जुक्टाइभामा इरिटेशन भएमा, सुजन भएमा, पिरो भएमा, धुँवा भएमा।
३. हाइ गर्दा, खोकी लाग्दा,रुघा लाग्दा, उल्टी हुँदा।
४. चहकिला उज्यालोमा पनि आँसु आउने गर्दछ।
आँशु बग्ने बाटो बन्द भएमा:
१. जन्मजात बाटो बन्द भएमा।
२. क्यानालीकुलाइटिस, डाक्रोसिस्टाइटिस, आँशु ग्रन्थीमा क्यान्सर भएमा।
३. नाकका रोगहरु : पोष्लिप, ट्युमर।
४.लैक्रमिल पम्प फैलियर : बैल्स पाल्सी एक्टेपियन।
मूल्याङ्कन
१. आँशु नली बन्द भएकोमा एकापट्टीको आँखाबाट मात्र आँशु बग्छ। यो कुनै पनि इरिटेशनसँग सम्बन्धित हुँदैन। चिलाउँदा वा प्रकाशसँग पनि सम्बन्धित हुँदैन।
२. बेल्स पिल्सको वृत्तान्त बढी महत्त्वपूर्ण छ। यसले लेक्रिमल पम्प फेल भएको जनाउँदछ।
लक्षणहरू: रातीको बेलामा र बिहान उठ्ने बित्तिकै बढी आँखा सुख्खा हुन्छ। आँखा बिझाउने, आँखामा बालुवा परेको जस्तो हुने, एकछिन आँखा तिरमिराउने, म्यूकस, उज्यालोमा हेन नसकिने, हावा सहन नसक्ने हुन्छ।
विशेष परीक्षण:
१. कोठाको तापक्रम घटाउने
२. गगल्स लगाउने
३. आँशुको बदला कृक्रिम आँशु राख्ने
उपचार
१० पटक दिनमा ४ पटकका दरले औँलाले कोषबाट नाकसम्म चोर औँलाले थिच्दै मालिस गर्ने। यो प्रक्रिया अपनाउँदा ६ महिनासम्ममा सुधार हुन्छ। कुनै सर्जनले १ वर्षसम्म पनि मालिस गर्न सल्लाह दिँदै आएका छन्। एन्टिबायोटिक्समा सल्फासेटामाइक वा क्क्लोरामफेनिकल प्रयोग गरिन्छ। ९०–९५ प्रतिशतसम्म यो प्रविधिबाट ठिक हुने गरेको विज्ञ बताउँछन्। यदि ठीक नभएमा १०–१२ महिनाको उमेरमा पुरै बेहोस गरेर प्रोविङ्ग गरिन्छ। प्रोविङ्गबाट पनि ठीक नभएमा सीलिकन ट्युब ६ महिनासम्म राखिन्छ।
आँशु बगिरहने उपचार नगरे के हुन्छ त?
१. दीर्धकालीन कन्जुक्टिभाइटिस
२. एक्कासी वा दीर्घकालीन कन्जुक्टिभाइटिस
३. लेक्रिमल एब्सेस
४. अर्विटल र फेसियल सेलुलाइटिस
५. लेक्रिमल ओष्टीओमाइलेटिस
६. कर्नियल अल्सर
प्रतिक्रिया