Logo

स्वास्थ्य

मुटुरोग, मोतीविन्दु र जण्डिस निको पार्न घरमै बनाउनुहोस् यी जडिबुटीको औषधि



मोटोपन र मधुमेह राेगबाट ग्रस्त मानिसकाे संख्या नेपालमा धेरै छ। तर, घरमै पनि प्रभावकारी औैषधि बनाउन सकिन्छ। मोटोपन र मधुमेहका लागि के छ त घरेलु, जडिबुटी उपचार विधि?५००–५०० ग्राम गहुँ, रातो (उसिनेको) चामल, चुनेलो र बोक्रासहितको मुँगीमा २० ग्राम ज्वानो, ५० ग्राम सेतो तिल मिलाई भुट्ने र जाँतोमा दलेर वा सिलौटोमा हल्का कुटेर सिसा वा स्टिलको भाँडोमा जस्ताको तस्तै राख्ने।

अब आवश्यकताअनुसार उक्त मिश्रणको ५० ग्रामलाई एक माना पानीमा हालेर पकाउने । त्यसमा स्वादअनुसार सब्जी र हल्का सिधेनुन हालेर एक–डेढ महिनासम्म नियमित सेवन गर्नाले मधुमेह (चिनीरोग)मा विशेष फाइदा पुर्याउँछ । मोटोपनबाट पीडित मुटुरोगीले यसको सेवन नियमित गर्नाले वजन घाउन ठूलो मद्दत गर्छ।

मोतियाविन्दु र आँखासम्बन्धी

गोबर मल हालेर उत्पादन गरिएको सेतो प्याज, पहाडे कागती र अदुवाको रस १०–१० ग्राममा मिसावटरहित ५० मिलिग्राम मह मिलाएर दिनमा दुईपटक (बिहान–बेलुका) नियमित आँखामा २–२ थोपाका दरले हाल्दा मोतियाविन्दु हटेर जान्छ, साथै आँखासम्बन्धी अन्य रोगहरूमा विशेष लाभ पुर्‍याउँछ।

दाँतका सम्पूर्ण विकारका लागि

बेसार, फिटकिरी, बबुलको बोक्रा, सिधे नुन र निमपत्ता १००–१०० ग्राममा अकरकराको फूल, टिम्मरको बिउ र बर्राेको दानाको बोक्रा ५०–५० ग्राम मिलाउने।

उक्त मिश्रणमा २० ग्राम ल्वाङ पनि मिलाएर मसिनो गरी पिँधेर मञ्जन बनाउने र उक्त धुलोले दाँत माँझ्दा मुख तथा दाँत गन्हाउने, दाँतमा किरा लाग्ने, दाँत तथा गिजाबाट रगत आउनेजस्ता यावत् समस्याबाट चाँडै छुटकारा मिल्छ।

मुटुरोग, अम्लपित्त तथा पेटकाे समस्या निराकरण

सानो लामोखाले (५०० ग्राम) लौकामा ८–१० वटा पुदिना र तुलसीका पत्ता मिलाएर एक कप रस निकाली खालीपेटमा नियमित पिउनाले मुटुका धमनीहरूमा आएकोे अवरोध खुल्छ। अम्लपित्त एवम् पेटका सम्पूर्ण रोगलाई जित्न सकिन्छ।

कमजोर मुटु हुनेले के गर्ने?

५–१० ग्राम काहुले (काहुलो)को बोक्रालाई १ कप दूध र ३ कप पानीमा राखेर पकाई एक कप बाँकी रहेपछि छानेर बिहान खालीपेटमा नियमित केही दिनसम्म पिउनाले कमजोर मुटुका रोगीलाई अति लाभकारी हुन्छ। त्यस्तै, खालीपेटमा २–३ केस्रा लशुनलाई पानीसँग नियमित खानाले मुटुका रोगीलाई राम्रो फाइदा गर्छ।

पहेँले (जन्डिस) हेपाटाइटिसका लागि के छ उपचार?

टाेटलाको बोक्रा, भुइँअमलाको गुदी, पन्नरे झारको मूल (जरा)को बराबर भागलाई पिँधेपछि एक कप रस निकालेर बिहान खालीपेटमा नियमित सेवन गर्नाले पहेँले एवम् हेपाटाइटिस रोग नाश भएर जान्छ।

पुरानो खोकी कसरी निकाे पार्ने?

५–७ दाना मरिचलाई मुखमा राखेर दिनभरि चुसिरहनाले खोकी लाग्न सुरु भएकै दिनबाट आराम दिन्छ। एकपल्टमा २–३ दाना मरिच मुखमा हालेर नियमित चुसिरहनाले धेरै पुरानो खोकी पनि ठिक हुन्छ।

रक्तश्राव भए के गर्ने?

१–२ ग्राम खाने कपुरलाई एक टुक्रा केरामा राखेर खालीपेटमा खाँदा रक्तस्राव बन्द हुन्छ। एकपटक खाँदा रगत नरोकिए तीन पटकसम्म पनि खान सकिन्छ। एक गिलास गाईको तातो दूधमा १–२ टुक्रा कागतीको रस निचोरेर तुरुन्तै पिउनाले रक्तस्राव बन्द हुन्छ । तर, यस्तो प्रयोग १–२ पटकभन्दा बढी गर्नुहुँदैन।

नेपाली कांग्रेसका प्रभावशाली नेता गगन थापासँग विशेष अन्तरवार्ता

प्रकाशित : २८ फाल्गुन २०७७, शुक्रबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
info@asiasanchar.com asiasanchar@gmail.com

हाम्रो समूह

  • सम्पादक
    दुर्गादेवी अधिकारी ९८१५९२९१२४
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल