
काठमाडौं, २० वैशाख – गण्डकी र सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुखलाई पदमुक्त गरेलगत्तै नयाँ प्रदेश प्रमुख नियुक्त गरिएको छ। राष्ट्रपति विद्यादेवी भण्डारीले सोमबार नै नयाँ प्रदेश प्रमुख नियुक्त गरेकी हुन्।
गण्डकी प्रदेशमा सीता पौडेललाई र सुदूरपश्चिम प्रदेशमा गंगाप्रसाद यादवलाई प्रदेश प्रमुखमा नियुक्त गरिएको छ। पौडेल र यादवलाई प्रदेश प्रमुखमा नियुक्त गर्न मन्त्रिपरिषद बैठकले सिफारिस गरेको थियो।
प्रतिक्रिया