Logo

राजनीति

‘पदमुक्त भएकोमा अत्यन्त खुसी छु, राष्ट्रपतिज्यूलाई मुरी–मुरी धन्यवाद’



कास्की , वैशाख २१ – गण्डकी प्रदेशको प्रदेश प्रमुखबाट हटाइएका अमिक शेरचनले पदमुक्त भएकामा आफू खुशी भएको प्रतिक्रिया दिएका छन्। पत्रकार सम्मेलन गर्दै शेरचनले अधिकारविहीन खुला जेलबाट मुक्त भएको भन्दै राष्ट्रपति विद्यादेवी भण्डारीलाई धन्यवाद दिएका छन्।

‘पदमुक्त भएकोमा अत्यन्त खुसी छ। मुरी–मुरी धन्यवाद छ राष्ट्रपतिज्यूलाई,’ पत्रकार सम्मेलनमा शेरचनले भने, ‘पहिला ओलीजी र पुनः प्रचण्डजी मार्फत ओलीजीको प्रस्ताव मैले अस्वीकार गरेको पद थियो यो। पछि पार्टीको निर्णय सुनाएपछि अनुशासित कार्यकर्ताको नाताले बाध्य भई स्वीकारको पद हो यो। अधिकारविहीन खुला जेलबाट पदमुक्त गरिदिनुभएकोमा पुनः धन्यवाद दिन चाहन्छु राष्ट्रपतिज्यूलाई।’

राष्ट्रपति भण्डारीले सोमबार शेरचनलाई पदमुक्त गराएकी थिइन्। त्यसलगत्तै उनले गण्डकी प्रदेशको प्रदेश प्रमुखमा एमाले नेता सीता पौडेललाई नियुक्त गरेकी थिइन्।

नेपाली कांग्रेसका प्रभावशाली नेता गगन थापाकाे अन्तरवार्ता (भिडियाे)

प्रकाशित : २१ बैशाख २०७८, मंगलबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
info@asiasanchar.com asiasanchar@gmail.com

हाम्रो समूह

  • सम्पादक
    दुर्गादेवी अधिकारी ९८१५९२९१२४
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल