Logo

खेलकुद

कीर्तिमानी कुशल आइसिसि प्लेअर अफ दि मन्थका लागि मनोनित (भोटिङ गर्ने तरिकासहित)



काठमाडौं , वैशाख २२ – नेपाली क्रिकेट टोलीका ओपनिङ आक्रामक ब्याट्सम्यान कुशल भुर्तेल अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसीसी)को प्लेअर अफ दि मन्थ अवार्डको लागि मनोनयनमा परेका छन्।

कीर्तिमान भुर्तेल पाकिस्तानका दुई खेलाडी बाबर आजम र फखर जमानसँगै अप्रिल महिनाको लागि प्लेअर अफ दि मन्थको पुरुषतर्फको मनोनयनमा परेका हुन्। हालै सम्पन्न त्रिकोणात्मक टी–२० सिरिजमा नेपालले उपाधि जित्दा कुशलले सर्वाधिक २७८ रन बनाउँदै प्लेयर अफ दि सिरिज बनेका थिए।

टी–२० डेब्युमै नेदरल्याण्ड्सविरुद्ध अर्धशतक प्रहार गरेका कुशलले लगातार तीन अर्धशतक प्रहार गर्दै विश्वकीर्तिमान बनाएका थिए। कुशलले अर्का ओपनर आसिफ शेखसँग लगातार २ खेलमा शतकीय साझेदारी गर्दै अर्को विश्व कीर्तिमान पनि बनाएका थिए।

भाेटका लागि तलकाे लिङ्क खाेल्नुहाेस् :

https://www.icc-cricket.com/awards/player-of-the-month/mens-player-of-the-month?sf143232838=1

याे लिङ्क खाेलेपछि कुशलसहित ३ खेलाडीकाे फाेटाे देखिनेछ। कुशलकाे फाेटाे भएकाे तल भाेटकाे अप्सन छ। त्यहाँ क्लिक गर्नुहाेस् र आफ्नाे विवरण भर्नुहाेस्। विवरणमा नाम, थर र इमेल ठेगाना भर्नुपर्नेछ र टर्म्स र कन्डिसनमा टिक गरेर कन्फर्म गर्नुपर्नेछ।

प्रकाशित : २२ बैशाख २०७८, बुधबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
info@asiasanchar.com asiasanchar@gmail.com

हाम्रो समूह

  • सम्पादक
    दुर्गादेवी अधिकारी ९८१५९२९१२४
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल