काठमाडौं, वैशाख २३ – प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा एमालेको स्थायी कमिटी बैठक बोलाएका छन्। बैठक बालुवाटारमा बोलाइएको हो।
आगामी २७ गते विश्वासको मत लिने तयारीमा रहेका प्रधानमन्त्री नेकपा एमालेकै माधवकुमार नेपाल र झलनाथ खनाल पक्षसँग सशंकित छन्। विश्वासको मतमा नेपाल–खनाल पक्षीय नेताहरुले धोका देलान् कि भन्ने आशंका रहेका बेला बोलाइएको स्थायी कमिटी बैठकलाई विशेष चासोका साथ हेरिएको छ।
बैठकमा प्रधानमन्त्रीले लिन लागेको विश्वासको मत, नयाँ सरकार गठन, राष्ट्रियसभाको निर्वाचन, कोरोना महामारी लगायतका विषयमा छलफल हुने प्रधानमन्त्री निकट एमक नेताले बताए।
प्रतिक्रिया