Logo

विश्व

६ कक्षाकी छात्राले स्कुलमै ३ जनामाथि गोली प्रहार गरेपछि…



एजेन्सी, वैशाख २४ – अमेरिकाको एक स्कुलमा ६ कक्षामा अध्ययरत छात्राले ३ जनामाथि गोली प्रहार गरेकी छिन्। ती छात्राको गोली प्रहारबाट २ जना विद्यार्थी र स्कुलका केयरटेकर घाइते भएका छन्।

घाइतेहरुको अस्पतालमा उपचार भइरहेको छ। छात्राले रिग्बी मिडिल स्कुलभित्र गोली प्रहार गरेकी हुन्। उनले आफ्नो झेलामा हालेर बन्दुक स्कुलमा लगेकी थिइन्। गोली चल्न थालेपछि एक शिक्षिकाले ती छात्राको बन्दुक खोसेर सुरक्षाकर्मी नआउँदासम्म उनलाई नियन्त्रणमा राखेकी थिइन्।

गोली हान्ने छात्राको नाम गोप्य राखिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको त्यहाँका अधिकारीहरुले जानकारी दिएका छन्।

नेपाली कांग्रसका प्रभावशाली नेता गगन थापाकाे अन्तरवार्ता (भिडियाे)

प्रकाशित : २४ बैशाख २०७८, शुक्रबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
info@asiasanchar.com asiasanchar@gmail.com

हाम्रो समूह

  • सम्पादक
    दुर्गादेवी अधिकारी ९८१५९२९१२४
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल