
काठमाडौं, २६ वैशाख – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतोले भेटेका छन्।
सभापति देउवालाई भेट्न ठाकुर र महतो आइतबार बिहान ९ बजे देउवा निवास बुढानीलकण्ठ पुगेका हुन्। देउवा निकट श्रोतका अनुसार ३ नेताबीच डेढ घण्टा छलफल भएको छ।
प्रधानमन्त्री केपी शर्मा ओलीलाई निरन्तरता दिने पक्ष–विपक्षमा जसपामा दुई धार छ। ठाकुर र महतो ओलीलाई निरन्तरता दिने पक्षमा थिए।
जसपाकै अध्यक्ष डा. बाबुराम भट्टराई र उपेन्द्र यादवले ओलीको विकल्पमा कांग्रेसको नेतृत्वमा सरकार गठन गर्नुपर्ने अडान व्यक्त गर्दै आएका छन्।
प्रतिक्रिया