Logo

समाचार

टुट्यो सहारा, निभ्यो दीयोः ‘धन्य प्रभु आजदेखि तिमी छैनौ भन्ने प्रमाणित गरिदियौं होइन?’



स्वतन्त्र शैक्षिक परामर्श संघ नेपालकी पूर्वउपाध्यक्ष गीता रिजालले शुक्रबार दिउँसो लेखिन्, ‘धन्य प्रभु आजदेखि तिमी छैनौ भन्ने प्रमाणित गरिदियौं होइन?’

वेदनाले भरिएको पूर्वउपाध्यक्ष रिजालको फेसबुक स्टाटसले दिउँसोसम्ममा धेरैलाई स्तब्ध बनायो। पाटन अस्पतालको ननकोभिड वार्डमा अन्तिम स्वास फेरेका रिजालका श्रीमान् सरोज थापाका लागि थियो थियो गीताको त्यो स्टाटस।

हो, स्वतन्त्र शैक्षिक परामर्श संघ नेपालका सदस्य एवं निमास एजुकेशनका सञ्चालक सरोज थापाको शुक्रबार निधन भएको हो। गत महिना थापाकी आमाको पनि निधन भएको थियो।

पाटन हस्पिटलमा झण्डै ४ सातादेखि उपचाररत थापाले शुक्रबार प्राण त्यागेका हुन्। कोरोनाको संक्रमणमुक्त भएको डेढ सातापछि थापाको निधन भएको हो।

मे १२ तारिखमा गीताले लेखेकी थिइन्, ‘मेरो श्रीमान् सरोज थापाको हजुरहरूको आशिर्वादले कोभिड नेगेटिभ आएर ननकोभिड आइसियू वार्डमा हिजो सारियो। १ गतेदेखि हिजो भेट्न पाएँ, यति हुँदा नि मन अलि हल्का भएको छ। यो अवधिमा मलाई रातदिन नभनी सहयोग गर्नु हुने सबैलाई धेरै धेरै धन्यवाद। अझै सबै जनाले प्राथना गर्दिनुस् है।’

फेकनका अध्यक्ष बासुदेव नेपालले थापाको निधनमा श्रद्धाञ्जलि अर्पण गर्दै लेखेका छन्, ‘अत्यन्त दुखद् खबर, स्वतन्त्र शैक्षिक परामर्श संघ नेपालका सदस्य एवं निमास एजुकेशनका सञ्चालक यस सस्थाका खम्बा मेरा मित्र सरोज थापाको दुखद् निधनले साह्रै मर्माहित बनाएको छ। एउटा असल मित्र गुमाएका छौँ। मृतआत्माको चिर शान्तिको कामना गर्दै शोकाकुल परिवारजनमा धैर्यधारण गर्ने शक्ति प्रधान गरुन् भनि भगवानसँग प्राथना गर्दछु।’

त्यसैगरी, फेकनका महासचिव राजु निरौलाले लेखेका छन्, ‘हार्दिक श्रद्धाञ्जली सरोज थापा सर।’ कयौंको प्रार्थना र कामनाका बावजुद शैक्षिक परामर्श व्यवसायी थापाको निधन भयो। स्वदेश नेपालको तर्फबाट हार्दिक श्रद्धाञ्जली। साथै शोकाकुल परिवारजनप्रति हार्दिक समवेदना।

डा. सुवर्ण पौडेलले दिए कोरोनाको आयुर्वेद उपचारको उपाय (भिडियाे)

प्रकाशित : ७ जेष्ठ २०७८, शुक्रबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
info@asiasanchar.com asiasanchar@gmail.com

हाम्रो समूह

  • सम्पादक
    दुर्गादेवी अधिकारी ९८१५९२९१२४
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल