
काठमाडाैं, ३० जेठ – काठमाडौं उपत्यकाका तीन जिल्लामा जारी निषेधाज्ञा थप गरिएको छ।
काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारी (सिडिओ)हरूको बैठकले काठमाडौं उपत्यकामा लगाइएको निषेधाज्ञा एक साता लम्ब्याउने निर्णय गरेको हो।
यससँगै निषेधाज्ञा असार ७ गते सम्म लागू हुनेछ। बैठकले निषेधाज्ञा थपिए पनि केही क्षेत्रमा खुकुलो गर्ने निर्णय गरेको छ। बैठकले खाद्यान्न पसलहरु ११ बजेसम्म खोल्न दिने निर्णय गरेको छ।
त्यस्तै, अनलाइन डेलिभरी गर्न दिने, पुस्तक पसल बिहान ११ बजेसम्म खोल्न पाइने, हार्डवेयर पसल अपरान्ह ४ बजेपछि खोल्न पाइने र कृषि कार्य सञ्चालन गर्न दिने तथा भिसा लिनका लागि सहजिकरण गर्ने निर्णय भएको एक अधिकारीले जानकारी दिएका छन्।
रमेश खरेलकाे राजनीतिक यात्रा अब कसरी? (अन्तरवार्ता)
कोरोना भाइरसको दोस्रो लहर शुरु भएपछि काठमाडौं उपत्यकाका तीन जिल्लासहित देशैभर निषेधाज्ञा जारी गरिएको छ।
दोस्रो लहर तीव्ररुपमा फैलिएपछि सरकारले लकडाउन शुरु गरेको थियाे। काठमाडौं उपत्यकामा गत वैशाख १६ गतेदेखि लागू गरिएको निषेधाज्ञा पटकपटक थप गरी असार ७ गतेसम्म पुर्याइएको हो।




प्रतिक्रिया