Logo

समाचार

मंगलबारबाट टुटल र पठाओ सञ्चालनमा आउने



काठमाडौं – मंगलबारबाट टुटल र पठाओ सञ्चालनमा आउने भएको छ।

राइड सेयरिङ कम्पनी पठाओ र टुटललेभोलि (मंगलबार) देखि सेवा सञ्चालन गर्ने जानकारी दिएको छ। सरकारले लागू गरेको जोरबिजोर प्रणालीअनुसार नै सेवा सुरु गरिने कम्पनीले बताएका छन्।

आइतबार सरकारले मंगलबारदेखि निजी सवारीलाई जोरबिजोर प्रणालीअनुसार सञ्चालन गर्न दिइने निर्णय गरेको थियो। निषेधाज्ञा कायमै रहेकाले सेवाग्राहीको संख्या कम हुने भए पनि सेवा सुरु गर्ने तयारी गरिएको पठाओका क्षेत्रीय निर्देशक असिममान सिहं बस्नेतले जानकारी दिए।

निर्देशक सिंहले सरकारले तोकेको मापदण्ड पुरा गरेर सेवा सुरु गरिने बताएका छन्। टुटलका सिइओ शिक्षित भट्टले पनि भोलिदेखि टुटलको सेवा सुरु गर्न आवश्यक तयारी पुरा गरिसेकेको जानकारी दिए। दुई पांग्रे सवारीमा दुई जना चढ्न मिल्ने र ट्याक्सी पनि सञ्चालन गर्न दिने निर्णयभएकाले सेवा सञ्चालन गर्न लागिएको उनले बताए।

कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि सरकारले गरेको निषेधाज्ञाका कारण गत वैशाख १६ गतेदेखि नै टुटल र पठाओको राइड सेयरिङ सेवा पनि रोकिएको थियो।

मेलम्ची खोलापछि तामाकोशीबाट यस्तो खतरा। चीनतर्फ नदी थुनिएपछि नेपालमा उच्च जोखिम 

प्रकाशित : ७ असार २०७८, सोमबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल