
काठमाडौं, ७ असार – नेकपा माओवादी केन्द्रले कोरो खोप अभियानको क्रममा भएको अनुचित वितरणप्रति गम्भीर ध्यानाकर्षण भएको बताएको छ।
काठमाडौं महानगरपालिका–३२ का संयोजक पदमकुमार रेग्मीले विज्ञप्ति जारी गर्दै सरकारले दिएको खोप तोकिएको कार्यविधि तथा उमेर समूहका व्यक्ति बाहेक अन्य व्यक्तिहरूसँग समेत अनुचित लाभ लिएर खोप वितरण गरेको सूचना आएको बताएका हुन्।
रेग्मीले सिंगो देश कोरोना महामारीवि’रुद्ध एकजुट भएर लडिरहेको सन्दभएमा संक्रमणको हटस्पट मानिएको काठमाडौं महानगर–३२ को कोरोना खोप अभियानको क्रममा भएको घटनाले गम्भीर ध्यानाकर्षण भएको बताएका हुन्।

‘कोरोना खोपको दुरुपयोग तथा अनियमिततासम्मको अपराध भएका उजुी हाम्रो पार्टीको वडा कमिटीमा आएका छन्, खोप अभियानको क्रममा तथाकथित अराजक झुण्डहरू बोलाएर पत्रकार, मानवअधिकारकर्मी, बृद्धबृद्धा तथा लाभग्राहीलाई अपशब्द बोल्ने दुर्व्यवहार गर्ने गरिएकोमा हामी पार्टी गम्भीर निन्दा र भर्त्सना गर्दछ,’ रेग्मीले भने।
नागरिकको स्वास्थ्यसँग जोडिएका उक्त संवेदनशील विषयमा तत्काल छानवीनको प्रक्रिया अघि बढाउन रेग्मीले माग गरेका छन्। ‘कोरोना खोपको पहिलो डोज। दोश्रो डोज के कति व्यक्तिहरूमा लगाइयो सोको प्रमाणित विवरण तत्काल सार्वजनिक गर्न हामी सम्बन्धित निकायलाई आग्रह गर्दछौं,’ रेग्मीले भनेका छन्।
चीनतर्फ थुनिएको रोङ्सी खोला फुट्यो भने के हुन्छ? (हेर्नुहोस् भिडियो)
प्रतिक्रिया