
सप्तरी – जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले छिमेकी मुलुक भारतलाई नेपालको आन्तरिक मामिलामा हस्तक्षेप नगर्न चेतावनी दिएका छन्।
सप्तरीको राजविराजमा कार्यकर्ता भेलालाइृ सम्बोधन गर्दै अध्यक्ष यादवले आफूहरु भारतविरोधी नभएको, तर मित्रताको सम्बन्ध होस् भन्ने चाहेको जानकारी दिएका हुन्।
‘हामी भारतको मित्र हौं। भारतविरोधी हुन सक्दैनौं, कुनै नोक्सान पनि पु¥याउन सक्दैनौं। तर हामी मित्र छौं मित्रकै व्यवहार हुनुपर्छ,’ यादवले भने।
यादवले नेपालको बारेमा निर्णय गर्ने अधिकार नेपालीको मात्र भएको बताए। नेपालीहरु आफ्नो देशको बारेमा निर्णय गर्न स्वतन्त्र र सक्षम रहेको जानकारी दिँदै उनले भने, ‘मेरो मित्र हुनुहुन्छ। तपाईंको घरमा मैले खटनपटन गर्न चाहेँ भन्ने स्वीकार गर्नुहुन्छ? स्वीकार गर्नु हुन्न। यस्तो मित्र चाहिँदैन भनेर लठी लिएर आउनुहुन्छ नि! अहिलेको सवाल यही हो।’
अध्यक्ष यादवले मित्रता र दासत्वमा फरक हुने पनि बताए। आफूहरुले सबै देशसँग मित्रता, सहयोग र सद्भाव चाहेको बताउँदै उनले आन्तरिक मामिलामा निर्णय गर्ने अधिकार कुनै हालतमा नछाड्ने जिकिर गरे।
प्रतिक्रिया