
काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीका वरिष्ठ नेता माधवकुमार नेपालमाथि रिस पोखेका छन्। अध्यक्ष ओलीले २२ सांसदले प्रधानमन्त्री शेरबहादुर देउवालाई मत दिन पार्टीका लागि शर्मनाक भएको प्रतिक्रिया दिएका छन्।
पार्टी केन्द्रीय कमिटीको सोमबार बसेको बैठकलाई सम्बोधन गर्दै ओलीले वरिष्ठ नेता माधवकुमार नेपाल कम्युनिस्ष्ट आन्दोलनको ग’द्दार भएको बताए। नेता नेपालले बहुमत नभएको कमिटीमा जान्नँ भनेको भन्दै उनले भने, ‘अपराध गर्ने, सरकार ढाल्ने, अनि उनैलाई बहुमत दिनुपर्ने ? अध्यक्ष बनाउनुपर्ने ?’
नेता नेपालले कम्युनिस्ट आन्दोलन समाप्त पार्न लागेको ओलीको आरोप छ। उनले भने, ‘पार्टीमा आउन चाहने साथीहरु आउनुस्, स्वागत छ। तर माधव नेपाललाई यस पार्टीमा स्वागत छैन।’
आइतबार प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वा’सको मत लिँदा एमालेकै २२ जना सांसदले देउवाकै पक्षमा मत दिएका थिए। एमालेबाट मत दिनेमा माधव पक्षका साथै ओली समूहकै सांसदहरु पनि थिए।
प्रतिक्रिया