
काठमाडौं, १३ साउन – नेकपा एमालेका महासचिव ईश्वर पोखरेल र नेपाल कम्युनिष्ट पार्टीका स्थायी कमिटी सदस्य धर्मेन्द्र बास्तोलाबीच समसामयिक राजनीतिका विषयमा छलफल भएको छ।
एमाले केन्द्रीय कार्यालय थापाथलीमा आज साँझ भएको भेटमा समसामयिक राजनीतिक घटनाक्रमका साथै सरकार र नेकपाबीच भएको सहमतिलगायत विषयमा कुराकानी भएको बास्तोलाले बताएका छन्।
अर्थमन्त्रीसँग कोरियाली राजदूतको शिष्टाचार भेट
अर्थमन्त्री जनार्दन शर्मासँग नेपालका लागि दक्षिण कोरियाका राजदूत पार्क चोङ सुकले आज शिष्टाचार भेट गरेका छन्। अर्थ मन्त्रालयमा भएको भेटमा अर्थमन्त्री शर्माले भाषा परीक्षा उत्तीर्ण गरी कोरिया जान नपाएका युवालाई काम गर्ने वातावरण बनाइदिन आग्रह गरेका छन्।
कोभिड प्रकोपका कारण रोकिएको प्रक्रिया चाँडै अघि बढाउन सरकारका तर्फबाट हुनुपर्ने काम गरिने प्रतिबद्धता जनाउँदै मन्त्री शर्माले कोरियाकोतर्फबाट आवश्यक प्रक्रिया अघि बढाइदिनसमेत आग्रह गरेका छन्।
‘इपिएसअन्तर्गत कोरियाली भाषा परीक्षा उत्तीर्ण गरेका हजारौँ युवा बेरोजगार बसेका छन्, यो समस्या चाँडै समाधान गरिने छ भन्ने विश्वास लिएको छु,’ मन्त्री शर्माले भने।
जवाफमा राजदूत पार्कलेले रोकिएको इपिएसको काम अघि बढाउन आफूले पहल गर्ने वचन दिए। नेपालीको मिहेनती र इमान्दारिताबाट कोरियाली रोजगारदाता खुशी रहेको प्रसङ्ग उल्लेख गर्दै राजदूतले भाषा परीक्षा उत्तीर्ण गरी पालोमा बसेका श्रमिकलाई काममा पठाउने प्रक्रिया अघि बढाइने जानकारी दिए।
भेटका क्रममा अर्थमन्त्री शर्माले कोभिड–१९ विरुद्धको खोप पहिलो प्राथमिकता भएको भन्दै त्यसका लागि कोरियाली जनताको तर्फबाट आवश्यक सहयोग रहने विश्वास व्यक्त गरेका छन्।
उनले नेपालको स्वास्थ्य, शिक्षा र प्रविधिका क्षेत्रमा कोरियाले गरिरहेको सहयोगप्रति आभार प्रकट गरे। कोरियाले नेपालमा स्वास्थ्य, शिक्षा, जलविद्युतलगायतका क्षेत्रमा लगानीसमेत गर्दै आइरहेको छ।
कोरियाको लगानीमा भक्तपुरको थिमि, नुवाकोट, धनगढी र मुगुमा सुविधासम्पन्न अस्पताल निर्माण गरेको छ। महोत्तरीको बर्दिवासमा मोडेल पोलिक्निक कलेजको स्थापना गर्दैछ। उक्त कलेजले निर्माण क्षेत्रको दक्षजनशक्ति उत्पादन गर्नेछ।
मन्त्री शर्माले कोरियासँग नेपालको ४८ वर्षदेखि सुमधुर सम्बन्ध कायम रहिआएको र यसलाई अझै प्रगाढ बनाउन कोसिस गरिने बताएका छन्।
भेटका क्रममा राजदूतले कोरियाली लगानी रहेको माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाको काममा भइरहेको ढिलाइबारे चासो राखेका छन्। आयोजनामा ढिलाइ हुँदालागत बढ्न जानेतर्फ चिन्ता रहेको उनले बताएका छन्।
रमेश खरेलकाे राजनीतिक यात्रा अब कसरी? (अन्तरवार्ता)
प्रतिक्रिया