
काठमाडौं – नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले दार्चुलामा तुइन तर्ने क्रममा युवक महाकालीमा बेपत्ता भएको घटना छानवीनको माग गरेका छन्।
अखिल फोर्सले शनिबार आयोजना गरेका कार्यक्रमलाई सम्बोधन गर्दै वरिष्ठ नेता नेपालले घटनामा लापरबाही गर्ने जोसुकै भए पनि कारबा’ही हुनुपर्ने बताएका हुन्।
घटनाको छानवीन गरी दोषीलाई दण्डित गर्ने काममा भारत सरकारको ध्यानाकर्षण पनि नेता नेपालले गराएका छन्। ‘यस्तो लापरबाही गर्ने जोसुकै होस्, त्यस्तालाई दण्डित गर्ने काममा भारतको ध्यानाकर्षण गराउन चाहन्छु,’ उनले भने।
उनले नेपाल सरकारले पनि यो विषय उठाउनु पर्ने बताउँदै प्रधानमन्त्री शेरबहादुर देउवाको ध्यानाकर्षण गराएका छन्। शुक्रबार दार्चुलामा नदी तरिरहेका बेला एसएसबीले तुइनको डोरी काट्दा ब्याँस गाउँपालिकाका युवक जयसिंह धामी नदीमा खसेर बेपत्ता भएका छन्।
रमेश खरेलकाे राजनीतिक यात्रा अब कसरी? (अन्तरवार्ता)
प्रतिक्रिया