
काठमाडौं, २३ साउन – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली समूहको स्थायी कमिटी बैठक यही साउन २५ गते बिहान ११ बजे बस्ने भएको छ। नेकपा एमालेका केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङका अनुसार केन्द्रीय कमिटी बैठक सोही दिन अपराह्न ३ बजे तुलसीलाल स्मृति भवनमा बस्ने भएको छ।
पार्टीमा असन्तुष्ट पक्षको वार्ता सहभागितालाई ध्यानमा राखेर २४ गते तोकिएको बैठक एक दिनपछि सारिएको सो पार्टीका कार्यलय सचिव तामाङले जानकारी दिएका हुन्।
ओली समूहका एक नेताले वरिष्ठ नेता माधवकुमार नेपाल समूहले दिएको एक साताको अल्टिमेटम अगाडि नै कारबा’ही गर्ने तयारी स्वरुप बैठक बस्ने लागेको बताएका छन्।
‘पार्टी अध्यक्ष ओलीलाई नै कारबा’ही गर्ने र अध्यक्ष पद नै छाड्नुपर्नेसम्मका अडानहरू माधवजीले राख्नु भएको छ, अब उहाँहरू एमालेमा फर्किने सम्भावना छैन, त्यसैले अध्यक्षले औपचारिक रुपमै निर्णय गर्ने गरी बैठक बोलाउनु भएको हो,’ ती नेताले भने, ‘यो बैठकले माधव नेपाल समूहलाई पार्टीबाट हटाउने निर्णय गर्न सक्ने छ।’
यसअघि, शुक्रबार नेकपा एमालेको वरिष्ठ नेता माधवकुमार नेपाल पक्षको केन्द्रीय कमिटी बैठकले गरेको मागमा पार्टी अध्यक्ष केपी शर्मा ओली पक्षले जवाफ दिएको थियाे।
एमालेका प्रवक्ता तथा ओलीनिकट नेता प्रदीप ज्ञवालीले पार्टीको काम नरोकिने जवाफ फर्काए। नेपाल समूहले पार्टी एकता प्रक्रिया चलिरहेका बेला सदस्यता नवीकरण लगायतका कामले एकतालाई भाँजो हाल्ने भन्दै संगठनात्मक गतिविधि तत्काल रोक्न आग्रह गरेको छ।
तर अध्यक्ष केपी शर्मा ओली पक्षले शुक्रबारदेखि विधान संशोधनबारे छलफल थालेको छ। ओली पक्षले साउन २७ र २८ गते विधान सम्मेलन गर्ने निर्र्णय त्यसअघि नै गरिसकेको छ।
आगामी केन्द्रीय कमिटी बैठकले विधान संशोधनको प्रस्ताव तयार पार्ने प्रवक्ता ज्ञवालीले बताए। उनले भने, ‘पार्टीका नियमित कामहरु अगाडि बढछन्, छलफलहरु चलिरहेका छन्। तर छलफलका नाममा अनन्तकालसम्म पार्टी कामलाई रोक्न सक्दैनौं।’
स्थानीय चुनावका साथै महाधिवेशन नजिक आइसकेको, सत्ता पक्ष आक्रामक ढंगले आएको र जनविरोधी क्रियाकलाप गर्न थालेको भन्दै उनले प्रमुख प्रतिपक्षी पार्टी चाँहि हातखुट्टा बाँधेर बस्नुपर्छ भन्ने एमालेको हितमा नभएको बताएका छन्।
रमेश खरेलकाे राजनीतिक यात्रा अब कसरी? (अन्तरवार्ता)
प्रतिक्रिया